धरान/धरान उपमहानगरपालिकाका प्रमुख तारा सुब्बाले धरानबासीलाई आधारभुत स्वास्थ्य सेवा सहज रुपमा पुर्याउने बताएका छन् ।धरानका प्रत्येक वार्डहरुमा नै आधारभुत स्वास्थ्य सेवा दिने निती उपमहानगरपालिकाले लिएको भन्दै उनले नगरबासको स्वास्थ्य सेवामा समान पुहच पुर्याउने लक्ष्य रहेको बताए ।
शनिबार विश्व स्वास्थ्य दिवसको अवसरमा धरान उपमहानगरपालिकाले आयोजना गरेको बिषेश कार्यक्रमलाई सम्बोधन गर्दै उनले ‘स्वस्थ्य नगरबासी र स्वच्छ धरान’का लागि आवश्यक कार्यक्रमहरु ल्याईने बताए ।
कार्यक्रममा बोल्दै उप प्रमुख मञ्जु भण्डारी सुबेदीले स्वास्थ्य दिवसको अवसरमा शुभकामना ब्यक्त गरेकी थिईन भने धरान उपमहानगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत सुदेब पोखरेलले मन्तब्य राखेका थिए ।उपमहानगरपालिकाको प्राङगणमा आयोजित विषेश कार्यक्रम पछि प्रभातफेरी पनि निकालिएको थियो ।
उपमहानगरपालिकाबाट सुरु भएको प्रभात ¥यालि छाता चौक,महेन्द्र पथ हुदै भानुचौकमा गएर टुङगीएको थियो । कार्यक्रममा कार्यपालिका सदस्य,नगरसभा सदस्य सहित महिला स्वास्थ्य स्वेमसेवीकाहरुको पनि उपस्थिती रहेको थियो ।