विजयपुर/शनिबार सुनसरी र मोरङमा रहेका इलामेलीहरुले मोटरसाइकल तथा कार र्यालि निकालेका छन् ।इलाम स्थापनाको २ सय बर्ष पुगेको अवसरमा आयोजना हुन लागेको ‘इलाम ,हाम्रो गौरब’ कार्यक्रमको पुर्व सन्ध्यामा इलामेलीहरुले र्यालि निकालेका हुन् ।धरान उपमहानगर परिक्रमा गरेर निस्कीएको र्यालि इटहरी पुगेर समापन भएको थियो ।
र्यालिमा २ सय भन्दा बढी मोटरसाइकल तथा कारहरु सहभागि भएको इलामका पर्यटन अभियान्ता कृष्ण शाहले जानकारी दिए ।इलाम २ सय वर्ष पुगेको अवसरमा इलाम नगरपालिका र धरान उपमहानगरपालिका बिच मितेरी साईन (भगिनी सम्बन्ध) समेत स्थापित गर्ने बताईएको छ । त्यसकालागि दुवै नगरको तयारी पुर्ण भएको बताइएको छ ।