मधुमल्ला । उर्लाबारी, संघीय संसदका उपसभामुख डा. शिवमाया तुम्बाहाम्फेले संविधानले सञ्चार क्षेत्रसहित आम नेपाली जनताको अधिकार सुनिश्चित गरेकाले त्यसको कार्यान्वनयका लागि पत्रकारले महत्वपूर्ण भूमिका खेल्नुपर्नेमा जोड दिएकी छिन् । शनिबार सञ्चार क्लब नेपालमा आयोजित पत्रकार भेटघाट कार्यक्रममा सम्बोधन गर्दै उनले सो कुरामा जोड दिएक िहुन् । संविधानको पूर्ण कार्यान्वयनका लागि तीनै तहका सरकारबीच सहकार्य आवश्यक रहेको उनको धारणा छ । अबको लक्ष्य आर्थिक उपलब्धि हासिल गर्दै समृद्ध नेपाल निर्माण गर्नु पर्नेमा उनले जोड दिइन् । सञ्चार क्लब नेपालका संस्थापक अध्यक्ष दुर्गाप्रसाद खतिवडाले पत्रकारिता क्षेत्रको विकासमा महत्वपूर्ण भूमिका निर्वाह गर्नु पर्ने बताएका छन् । क्लबका अध्यक्ष सरोज बस्नेतको सभापतित्वमा उक्त कार्यक्रम भएको थियो ।