मधुमल्ला । सञ्चार क्लब नेपाल उर्लाबारीको आयोजनामा भएको दुई दिने सूचना प्रविधि तालिम शनिबार सम्पन्न भएको छ । उर्लाबारी नगरपालिकाको सहयोगमा भएको उक्त तालिममा ३५ जना पूर्वी मोरङका पत्रकारहरुको सहभागिता रहेको थियो । समापन कार्यक्रममा उर्लाबारी नगरपालिकाका प्रमुख खड्गबहादुर फागोले सञ्चार क्षेत्रको विकासमा नगरपालिकाको तर्फबाट सक्दो सहयोग गर्ने बचन दिएका छन् ।सत्यतथ्य समाचार प्रकाशन गरी समाज विकासमा महत्वपूर्ण भूमिका निर्वाह गर्न पत्रकारहरुलाई आग्रह गरे । उनले पत्रकारहरु सूचना प्रविधिको क्षेत्रमा दक्ष हुनु पर्नेमा उनको जोड छ । कार्यक्रममा क्लबका पूर्वअध्यक्ष केदार चौहानले पत्रकारिता क्षेत्रको विकासमा स्थानीय तहको भूमिका सहयोगी हुनु पर्ने बताए । कार्यक्रममा प्रशिक्षक सूचना हक अभियान्ता राजु श्रेष्ठलगायतले बोलेका थिए । क्लबका अध्यक्ष सरोज बस्नेतको सभापतित्वमा भएको उक्त कार्यक्रममा उपाध्यक्ष नवराज भट्टराईले स्वागत मन्तब्य राखेका थिए । महासचिब किशोर श्रेष्ठले कार्यक्रम सञ्चालन गरेका थिए । दुई दिनसम्म चलेको उक्त तालिममा सूचना प्रविधि बिषयमा समिप चुडाल र सूचनाको हकका बिषयमा राजु श्रेष्ठले सहजिकरण गरेको सचिब सन्तोष गौतमले बताएका छन् ।