विराटनगर/ वर्षासँगै परेको चट्याङ्गबाट एक किसानको मृत्यू भएको छ । जहदा गाँउपालीका ३ बस्ने अन्दाजी ५५ बर्षिया रामु मरण्डीको सोमबार विहान घटना स्थालमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।
बिहानी पख खेतमा काम गर्न गएको बेला अचानक पानीसँगै परेको चट्याङ्गलागेर मरण्डीको मृत्यू भएको हो । मरण्डीको कोशी अञ्चल अस्पतालमा पोष्टमार्टममा राखिएको मोरङ प्रहरीले जनाएको छ ।