भद्रपुर । झापा जिल्लालाई चैत्र २२ गते भित्र खुला दिशामुक्त जिल्लाका रुपमा घोषणा गर्ने जिल्ला खानेपानी सरसफाई तथा स्वच्छता समन्वय समितिको अभियान असफल भएको छ । सोमबार जिल्ला खानेपानी, सरसफाई तथा स्वच्छता समन्वय समिति झापाले आयोजना गरेको पत्रकार सम्मेलनमा तोकिएको मितिमा घोषणा गर्न नसकेको भन्दै अर्को मिति तय गरेको जनाएको छ । १ लाख ८२ हजार २ सय १५ घरधुरी रहेको झापा जिल्लामा चैत्र २१ गते सम्ममा १ लाख ७२ हजार ६ सय ३७ घरले सुरक्षित चर्पी निर्माण गरेका छन् । बाँकी रहेका ९हजार ५ सय ७८ घरधुरी मध्ये ३ हजार २ सय ६४ घरमा चर्पी निर्माणको काम नै सुर भएको छैन भने ६ हजार ३ सय घरमा चर्पी निर्माणाधिन अवस्थामा छन् । जस मध्ये गौरादह नगरपालिकामा १ हजार ६ सय १०, भद्रपुर नगरपालिकामा १ हजार ४ सय ४, विर्तामोड ७ सय ८९, मेचीनगर ७ सय ४९ घरधुरी चर्पी विहिन छन् । गाउपालिकाहरु मध्ये सवैभन्दा धेरै गौरीगञ्ज २ सय ८२, कचनकवल २ हजार ३ सय ४७, झापा १ हजार ८५, गौरीगञ्ज २ सय ८२ लगायत रहेका छन् । जसका कारण पूर्व निर्धारित मितिमा जिल्लालाई खुल्ला दिशामुक्त जिल्ला घोषणा गर्न नसकिएको बताईएको छ । समितिले सरोकारवालासित छलफल गरी २०७५ बैशाख मसान्त भित्रको समयसिमा निर्धारण गरी अभियान सफल बनाउने घोषणा गरेको छ भने छलफलमा अधिकाम्स नगरपालिका तथा गाउँ पालिकाका प्रतिनिधि सहभागी बनेका थिएनन् । ग्लोबल सेनिटेसन फण्डका झापा झापा संयोजक विनोद शर्माले हालसम्म झापामा देखिएको चर्पीको अवस्थाको बारेमा जानकारी गराएका थिए । कार्यक्रममा खानेपानी सरसफाई तथा स्वच्छता समन्वय समितिका अध्यक्ष सोमनाथ पोर्तेल,भद्रपुर नगरपालिका मेयर जीवन कुमार श्रेष्ठले सवै मिलेर तोकिएको मितिलाइ सफल बनाउन सवैको साथ सहयोगको अपेक्षा गरेका थिए । सन् २०१७ भित्र खुला दिशामुक्त जिल्ला बनाउने अभियान असफल भएपछि तीन महिना थप गरेर २०७४ चैत्र २२ सम्म अभियान चलाएको थियो ।