इटहरी । सुनसरीको ईटहरी र संखुवासभाको सभापोखरीमा सोमबार लडेर दुई जनाको ज्यान गएको छ। इटहरी उप-महानगरपालिका-१८ स्थित रहिपुर बस्ने अन्दाजी ५० बर्षिय दयाराम चौधरीको बिजुलीको पोलबाट लडेर ज्यान गएको छ।
आफ्नै घर अगाडी रहेको बिधुतको पोलमा अपरान्ह ३ बजेतिर भर्याङ लगाई चढ्ने क्रममा लडेर गम्भिर घाईते भएका उनको ऐपेक्स् हस्पिटल इटहरीमा उपचारको क्रममा मृत्यु भएको हो।
यस्तै संखुवासभाको सभापोखरी-२ धुपु गोठगाउँ बस्ने ६५ बर्षिया रत्न कुमारी राईको समेत सोमबार साँझ काभ्रोको रुखबाट लडेर मृत्यु भएको छ। घाँस काट्ने क्रममा अचानक लडेकी उनको जिल्ला अस्पताल खाँदबारीमा राती १० बजे मृत्यु भएको अस्थी प्रहरी पोष्ट धुपुले जनाएको छ।