पाँचथर/ पाँचथरको कुम्मायक गाउँपालिकाको यासोक बजारमा सावारी साधन पाकिङ स्थलको समस्या देखा परेको छ । दिनप्रतिदिन सावरी साधनको चाप बढ्दै गएपछि पार्किङ स्थलको अभाव भएकाे हो । अस्तव्यस्त बजारीकरणका कारण सवारी साधन राख्ने स्थानको अभाव भएपछि व्यवसायीहरूकाे पसल अगाडी राख्नु परेको सवारी चालकहरुको गुनासो छ ।

साना सवारी साधनहरु मात्रै बजारको बीच क्षेत्रमा पार्किङ गरेर राख्ने गरेको पाईन्छ । साँगुरो सडकमा सवारी साधन रोकेर राख्दा अन्य सवारी साधनहरुलाई आवत-जावतमा समस्या हुने भएकाले पनि यो समस्या बजार बिस्तार नभएसम्म हल नहुने उद्याेग बाणिज्य संघ शाखा अध्यक्ष मेघराज निरौलाले बताए । लामो समय देखी बजारको बीचमा ३ मिटरको बाटो दिएर बाँकी रहेको सार्वजनिक क्षेत्र व्यवसायीहरूले प्रयोग गरेकाले यस्तो समस्या आएको निरौलाको भनाई छ ।

गाउँपालिकामा साना ठुला सबै सवारी साधनहरु नियमित आवत-जावत गर्ने गर्दछन् । तर ठुला सवारी साधनको हकमा पाकिङ स्थलको अभाब छ । उक्त सवारी साधनहरु केही मात्रमा बजारमा पाकिङ हुने गरेका छन् । भने केही बजार बाहिर पाकिङ हुने हुदा असुरक्षित हुने सम्भावनाहरु बढेर जाने व्यवसायीहरूकाे गुनासो छ ।  गाउँपालिकाले आर्थिक वर्ष भित्र बजार विस्तार गरी विध्यमान रुपमा रहेको अन्य समस्याहरुलाई हल गर्ने भन्दै गृहकार्य गर्दै आएको छ । तर त्यसलाई कार्यान्वयमा ल्याउँन ढिलाई हुदा समस्या उस्तै  छ । बजार विस्तारको काम यही आर्थिक वर्ष भित्रै पुरा गर्ने लक्ष्य गाउँपालिकाले लिएकाले यो समस्या धेरै दिन नरहने गाउँपालिका अध्यक्ष जयबहादुर चेम्जोङले बताए ।

बजार अबेव्यवस्थित हुदा तमोर लिफ्ट खानेपानी आयोजना र ढलनिकासको समेत व्यवस्था गर्न नसकीएको भन्दै, यस्तो समस्या समाधान गर्न क्रमशः काम गर्दै जाने चेम्जाेङले बताए ।