पाँचथर/ डिफेन्डिङ च्याम्पियन झापाको बिर्तामोड युनाइटेड क्लव फिदिममा जारी दोस्रो वाई वाई पाँचथर गोल्डकप फुटवल प्रतियोगिताको फाइनल प्रवेश गरेको छ । [caption id="attachment_79634" align="aligncenter" width="2844"] वलको लागि प्रतिश्पर्धा गर्दै रेडहर्सका छिरिङ गुरुङ (रातो जर्सी) र बिर्तामोड युनाइटेडका आशिष चापागाई । तस्विर : सन्देश सुब्बा[/caption] फिदिम माविको खेलमैदानमा शुक्रबार सम्पन्न प्रतियोगिताको अन्तिम सेमीफाइनलमा बिर्तामोड सामु रेडहर्स इलाम ३–० ले स्तब्ध बन्यो । बिर्तामोडलाई उपाधि नजिक पु¥याउँन राष्ट्रिय टोलिका फरवार्ड समेत रहेका नवयुग श्रेष्ठले ह्याट्रिक गरे । उनले ४, ४१ र ५९ औं मिनेटमा गोल गर्दै ह्याट्रिक पूरा गरेका हुन । खेलको म्यान अफ दि म्याच बन्दै नवयुगले नगद पाँच हजार प्राप्त गरे । बिर्तामोडले दोस्रोपल्ट उपाधि उचाल्नका लागि २ बैशाखमा हुने प्रतियोगिताको फाइनल खेलमा सुनसरीको न्यू स्टार क्लवको सामना गर्नुपर्नेछ । बिहीबार सम्पन्न प्रतियोगिताको पहिलो सेमीफाइनल खेलमा ताप्लेजुङको मिशन युनाइटेड क्लवलाई पराजीत गर्दै फाइनलमा स्थान सुरक्षित गरिसकेको छ ।