बार्सिलाेनाकाे एेतिहासिक रेकर्ड
बार्सिलोनाले स्पेनिस ला लिगामा ३९ खेलमा अपराजित रहँदै नयाँ कीर्तिमान बनाएको छ ।
शनिबार भ्यालेन्सियालाई २-१ गोल अन्तरले हराउँदै बार्सिलोनाले यो रेकर्ड बनाएको हो । यसअघि १९७८/७९ र १९७९/८० को सिजनमा रियल सोसिडाड ३८ खेलमा अपराजित थियो ।
नाउ क्याम्पमा भएको खेलमा बार्सिलोनाले १५ औं मिनेटमा लुइस स्वरेजको गोलबाट अग्रता लिएको थियो । खेलको ५१ औं मिनेटमा उम्टिटीले घरेलु टोलीको अग्रता दोब्बर पारे ।
निर्धारित समयको खेल सकिन ३ मिनेट बाँकी छँदा पाएको पेनाल्टीमा भ्यालेन्सियाका पारेजोले गोल गरे पनि हार टार्न सकेनन् । त्यसअघि बार्सिलोनाका गोलकिपरले गम्भीर गल्ती गरेका थिए तर, कार्लोस सोलेरको क्रसमा रोड्रिगोको प्रहार गोललाइनबाट क्लियर गरेका थिए ।
जितपछि बार्सिलोनाको ३२ खेलबाट ८२ अंक भएको छ र उपाधिका लागि अब मात्र ७ अंक चाहिन्छ ।
ब्लाष्ट खबर YouTube भिडियो समाचारका लागि सब्स्क्राइब गर्नुहोस्
Subscribe
प्रतिक्रिया ०
अहिलेसम्म कुनै प्रतिक्रिया छैन
यस समाचारमा पहिलो प्रतिक्रिया तपाईंकै होस्।
































