धनकुटा । धनशोभा राई स्मृति केन्द्र धनकुटाद्धारा चौथो स्थापना दिवशको अवसर पारेर धनकुटा नगरपालिका क्षेत्रका विभिन्न वडाका १५ जना अशहाय परिवारलाई सोमवार राहात वितरण गरिएको छ । मातातिर्थ औसी आमाको मुख हेर्ने दिनको अवसर पारेर केन्द्रले राहात वितरण कार्यक्रमको आयोजना गरेको हो । धनकुटा नगरपालिका प्रमुख चिन्तन तामाङको प्रमुख आतिथ्यमा सम्पन्न राहात वितरण कार्यक्रममा धनकुटा नगरपालिका वडा नं.६,४, ७, र ८ का विपन्न एवं असाशय परिवारलाई धनशोभा राई स्मृति केन्द्रले राहात वितरण गरेको हो । विपन्न परिवारलाई केन्द्रको तर्फबाट संस्था स्थापनाकाल देखी नै हरेक वर्ष ३० केजी वरावरको १ वोरा चामल, १ लिटर खाने तेल, १ केजीनुन्, १ केजी दाल, १ लिटर जुस, १ लिटर पानी समेत प्रदान गरिएको छ । यसरी आयोजक संस्थाको तर्फवाट स्थापनाकाल देखी नै राहात पाउनेहरुमा धनकुटा नगरपालिका वडा नं.८ का वर्ष ८६ का पोथरमान राई, वर्ष ६० का कुम्भरानी राई, वर्ष वर्ष ५६ का कर्मश्वरी राई, वर्ष ६३ का असार वहादुर राई, वर्ष २४ का आस कुमारी राई, वर्ष ७६ का मखरानी राई, वर्ष ४६ का इन्द्र कुमारी राई, वर्ष ४६ कै पेचु राई, वर्ष ५८ का हरीवहादुर राई, वर्ष ६६ का भिममाया राई रहेका छन् । त्यसैगरी वडा नं.६ का वर्ष ६९ का धनवहादुर राई, वर्ष ६४ का रतनश्वरी राई, वडा नं.७ का होम वहादुर राई, वडा नं.६ का सीतादेवी रोक्का, वडा नं.४ का वर्ष ६३ का ढुङखुरी सार्की, वर्ष ५९ का करिमायावि.क. रहेका छन् । धनकुटा ६ का धनवहादुर राई र वडा नं.७ का होमवहादुर राईले भने यो वर्ष देखीमात्र राहात पाउन थालेका हुन् । धनशोभा राई स्मृति केन्द्रका संरक्षक सदस्य प्रकास राईले नगर क्षेत्रका गरिव तथा विपन्न वर्ग, असहाय परिवारको पहिचान गरि हरेक वर्ष धनकुटा नगरपालिकाका सवै वडामा राहात वितरण कार्यक्रम रहेको वताएका छन् । उनले वि.सं.१९६५ सालमा खोटाङको फाक्टाङ्गका धनशोभा राईको वि.सं.२०४० सालमा स्वर्गारोहण भएको थियो । राईको सम्झना विराटनगर निवासी आफ्ना छोरीहरु मनसरा चौधरी, यशोदा राई र इन्दिरा राईले ४ वर्ष अघि ७लाख, ३ हजार वरावराको स्मृति कोष स्थापना गरेका थिए । सोही रकमबाट प्राप्तहुने मुनाफाबाट हरेक वर्ष राहात एवं छात्रावृत्ति वितरण कार्यक्रम संचालनगर्दै आएको वताइएको छ । यो वर्ष छात्रावृद्धि वितरण कार्यक्रमभने वजेट अभावको कारण नगरिएको संरक्षक प्रकास राईले वताएका छन् । कार्यक्रमलाई सम्वोधनगर्दै नगर प्रमुख तामाङले आफु ४ तले घरमा वसेर आफ्ना वुढावुढी भएकाआमावुवालाई आश्रममा राख्ने कुसंस्कारको विकास पछिल्लो समयमा नेपाली समाजमा भैरहेको छ । यो संस्कार राम्रो नभएको औल्याउँदै राहातवितरण कार्यक्रमसमाजको लागीमार्गदर्शक भएको वताए । उनले आगामीवर्ष धनशोभा राई स्मृति केन्द्रको लागी नगरपालिकाको तर्फवाट आवश्याक सहयोग गर्ने पनि प्रतिवद्धता प्रमुख तामाङले जनाएका छन् । धनशोभा राई स्मृति केन्द्रका अध्यक्ष कविता कन्दङ्गवा राईको अध्यक्षतमा सम्पन्न राहात वितरण कार्यक्रममा सल्लेरी साहित्य संगम धनकुटाका अध्यक्ष रमेशचन्द्र राई, वडा सदस्य सन्देश राई, अभिभावक संघ धनकुटाका अध्यक्ष सुन्दरवावु श्रेष्ठ, वडा नं.८ का वडाध्यक्ष सुमन राई, संचारकर्मी स्मीतानिरौला लगायतले शुभकामना मन्तव्य राखेका थिए