इटहरी । पूर्व पश्चिम राजमार्ग अन्तर्गत माेरङकाे गछिया शंकास्पद बस्तु भेटिएपछि अहिले नेपाली सेनाले उक्त वस्तु डिस्पाेज गराउने तयारी गरिरहेकाे छ । गछिया पुलमा शंकास्पद बस्तु भेटिएपछि अहिले साे स्थानमा सवारी अावतजावतमा पूर्ण रूपमा राेक लगाइएकाे छ भने वरपर समेत स्थानियलार्इ जान नदिएकाे ब्लाष्ट टाइम्सका इटहरी संवाददाता धनबहादुर पुरीले जानकारी  दिएका छन् । बिप्लप नेता किरण राइ लगायतका नेतालाइ प्रहरीले पकाउ गरेको बिरोधमा अाज नेकपा माअाेवादी विप्लपले कोशि मेचि र सगरमाथा अन्चल बन्द भन्दै यस अघि नै विज्ञप्ती जारी गरेकाे थियाे । विज्ञप्ती माअाेवादी पूर्वी कमाण्ड इन्चार्ज विरहीले हस्ताक्षर गरी जारी गरेका  थिए । बम साेही समुहले राखेकाे हुनसक्ने प्रहरीले अनुमान गरेकाे छ ।