इटहरी । पूर्व पश्चिम राजमार्ग अन्तर्गत माेरङकाे गछिया पूलमा भेटिएकाे शंकास्पद बस्तु नेपाली सेनाले डिस्पाेज गरेपछि यातायात सुचारू भएकाे छ ।
गछिया पुलमा शंकास्पद बस्तु भेटिएपछि बम भएकाे हल्लासँगै साे स्थानमा यातायात अवरूद्ध भएकाे थियाे भने स्थानीय त्रसित बनेका थिए । शंकास्पद बस्तु नेपाली शेनाकाे सुर्यदल गण थलाहाबाट राजु थापाकाे नेतृत्वमा अाएकाे डिस्पाेजल टाेलिले निस्कृिय बनाएकाे हाे ।
करिब ३ घण्टा यातायात अवरूद्ध हुँदा गछियामा लामाे सवारी जाम भएकाे थियाे । बम कसले किन राखेकाे भन्ने नखुलेकाे प्रहरीले बताएकाे छ ।
बिप्लप नेता किरण रार्इ लगायतका नेतालाइ प्रहरीले पकाउ गरेको बिरोधमा अाज नेकपा माअाेवादी विप्लपले कोशि मेचि र सगरमाथा अन्चल बन्द भन्दै यस अघि नै विज्ञप्ती जारी गरेकाे थियाे । विज्ञप्ती माअाेवादी पूर्वी कमाण्ड इन्चार्ज विरहीले हस्ताक्षर गरी जारी गरेका थिए । बम साेही समुहले राखेकाे हुनसक्ने प्रहरीले अनुमान गरेकाे छ ।