भद्रपुर । चोरीको मोटरसाइकल सहित दुइ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । झापाको साविक पृथीवीनगर गाविस हाल भद्रपुर नगरपालिका १ का ३७ वर्षीय राम थापा र सोहि वडाका ३० वर्षीय गोविन्द पौडेललाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । प्रहरीको विषेश टोलीले मंगलबार वेलुका भद्रपुर ३ ज्ञाने चोक नजिकै नक्कली नम्बर राखिएको मे ५ प ७२५९ नम्बरको सुपरस्पेल्ण्डर मोटर साइकल नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ । घटनापछि आवश्यक अनुसन्धानको लागि मोटरसाइकलसहित आरोपितलाई जिल्ला प्रहरी कार्यालयमा राखिएको जनाइको छ ।