पानवारी । धरानको खानेपानी ट्याङ्की निर्माण गर्ने सम्बन्धमा भइरहेको विवाद समाधानको निम्ति गठन गरेको समितिले तयार गरेको प्रतिवेदन स्वागतयोग्य भएको भन्दै संघर्ष समितिले स्वागत गरेको छ ।
विजयपुर दरबार परिसर संरक्षण संघर्ष समितिले बुधबार धरान–१३ स्थित पत्रकार महासंघ सुनसरीको सभाहलमा पत्रकार सम्मेलन गरी धरान उपमाहनगरपालिका र संघर्ष समितिले संयुक्त रुपमा गठन गरेको ‘विजयपुर सब–सिस्टम विवाद समाधान समिति’ ले तयार गरेको प्रतिवेदन स्वागत योग्य भएको बताएको छ । संघर्ष समितिका सहसंयोजक देव सुब्बाले भने धरान उपमहानगरपालिकाले पहिले विजयपुर दरबार क्षेत्र नै खानेपानीको रिजववायर ट्याङ्की निर्माणको लागी निर्विकल्प स्थान भन्दै आएकोमा विवाद समाधान समितिले त्यसको उचित विकल्प दिएको’ भन्दै प्रतिवेदनमाथि सहमती जनाएको बताए ।
संघर्ष समितिले तयार पारेको प्रतिवेदनमा खानेपानी ट्याङ्की निर्माण गर्न विजयपुरकोे विकल्पमा धरान–१३ स्थित गौरा टोलमा निर्माण गर्ने पहिलो विकल्प औल्याएको छ । गौरा टोलमा ६ लाख लिटर क्षमताको रिजर्ववायर ट्याङ्की निर्माण गर्न सकिने साथै गौरा टोलमा ट्याङ्कि निर्माण गर्दा धरान–१३ र १४ दुवै वडावासीले सजिलैसँग पानी उपभोग गर्न सक्ने र विजयपुर भन्दा ११ मिटर अग्लो स्थान भएको साथै उक्त स्थानमा जग्गादाता समेत भेटिएको प्रतिवेदनमा उल्लेख गरिएको छ । साथै प्रतिवेदनमा दोस्रो विकल्पको रुपमा धरान–१४ स्थित पञ्चकन्या मन्दिर छेउको पुरानो रिजर्बवायर रहेको स्थानमा समेत औल्याएको छ । उक्त सथनमा ट्याङ्की निर्माण गर्दा दुरी कम हुने, अहिले वितरणका लागी विछ्याएको कुनैपनि पाइपलाइन सार्नु नपर्ने उल्लेख गरेको छ ।
तर संघर्ष समितिले दोस्रो विकल्पका रुपमा औल्याएको पञ्चकन्या मन्दिर छेउको पुरानो रिजर्ववायर ट्याङ्की भएको स्थानमा बनाउन नहुने संकेत गरेको छ । संघर्ष समितिका सदस्य सुवास हुक्पा चोङवाङले पहिलो विकल्प नै उत्तम भएकोले दोस्रो विकल्पमा जानुपर्ने कारण नभएको पत्रकार सम्मेलनमा बताए । उनले भने पुरानो रिजर्ववायर भएको क्षेत्र पनि विजयपुर क्षेत्र नै भएकोले त्यसलाई पनि संरक्षण गर्नुपर्छ ।
विवाद समाधान समितिले तयार पारेको प्रतिवेदनमा विजयपुरको संरक्षण, खानेपानी अपरिहार्यताको उल्लेख, धरानमा पानीको माग र आपुर्ति, विकल्पहरुको सामान्य योजना, विजयपुरमा भेटिएका वस्तुहरुको फोटो समेत सन्दर्भ सामाग्रिमा राखिएको छ ।
धरान खानेपानीकाे विवाद समाधान तर्फ, समितिको प्रतिवेदन स्वागत योग्यः संघर्ष समिति
प्रतिक्रिया ०
अहिलेसम्म कुनै प्रतिक्रिया छैन
यस समाचारमा पहिलो प्रतिक्रिया तपाईंकै होस्।





























