इन्डियन प्रिमियर लिग (आईपीएल)मा रोयल च्यालेन्जर्स बैंगलोर विजयी भएको छ । शनिबार राति भएको खेलमा बैंगलोरले दिल्ली डेयरडेभिल्सलाई ६ विकेटले हराएको हो ।
टस हारेर पहिले व्याटिङ गरेको दिल्लीले २० ओभरमा ५ विकेटको क्षतिमा १७४ रन बनाएको थियो । १७५ रनको लक्ष्य पछ्याएको बैंगलोर १८ ओभरमा ४ विकेट गुमाएर १७६ रन बनायो ।
बैंगलोरको पाँच म्याचमा यो दोस्रो जित हो भने समान खेल खेलेको दिल्लीको चौथो हार हो । स्पिनरहरू हावी भएकाे खेलमा दिल्लीले सेनवार्नकाे उपनामले चर्चित नेपाली स्पिनर सन्दिप लामिछानेलार्इ अझै मैदानमा उतारेकाे छैन । दिल्लीका समर्थकले सन्दिपलार्इ टिममा राख्न दबाब दिन थालिसकेका छन् ।
बैंगलोरको जितमा एविडी भिलियर्सले नटआउट ९० रनको योगदान गरे । ३९ बल सामना गरेका उनले १० चौका र ५ छक्का प्रहार गरेका थिए । उनी प्लेयर अफ दि म्याच भए ।
कप्तान विराट कोहलीले ३० रन बनाए ।
बलिङतर्फ हर्सल पटेल, ग्लेन म्याक्सवेल र ट्रेन्ट बोल्टले एक-एक विकेट लिए ।
यसअघि पहिले व्याटिङ गरेको दिल्लीका लागि रिसब पन्तले सर्वाधिक ८५ रनको योगदान गरे पनि जित दिलाउन सकेनन् । ४८ बल सामना गरेका उनले ६ चौका र ७ छक्का प्रहार गरेका थिए ।
यसैगरी श्रेयस ऐयरले अर्धशतक पूरा गरेका थिए । ४ चौका र ३ छक्काको मद्दतमा उनले ५२ रन बनाएका थिए ।
बलिङतर्फ युजवेन्द्र चहलले २ विकेट लिए ।