विजयपुर/ धरान–८ र १९ जोड्ने धनकुटे रोडको पुल दुई साता भित्र सञ्चालनमा आउने भएको छ ।धरान उपमहानगरपालिकाका मेयर तारा सुब्बाले धनकुटे रोडको पुल तत्काल सञ्चालन ल्याउन निर्देशन दिएपछि पुलको निर्माण कार्य गरिरहेका स्थानिय निर्माण ब्यबासायी गोपाल श्रेष्ठले बैशाख २० गते भित्रमा पुल सञ्चालनमा ल्याउने बताएका छन् ।
सोमबार पुल निरिक्षण पछि निर्माणपक्षलाई निर्देशन दिदै मेयर सुब्बाले तत्काल पुल सञ्चालन गर्ने ब्यबस्था गर्न निर्देशन दिएका थिए ।धरान–८ र १९ जोड्ने धनकुटे रोडको पुल २०७२ असोज ८ गते साँझ करिव सवा ८ बजे भत्किएको थियो ।
डिभिजन सडक कार्यालय विराटनगरले २०७३ जेठमा १८ महिना भित्र निर्माण कार्य सक्ने गरी धरानकै श्याम कन्ट्रक्सन निर्माण सेवालाई ठेक्का दिएको थियो । तर, निर्माणको जिम्मा पाएको श्याम कन्ट्रक्सनले बिचमै काम छाडेपछि पुल निर्मांण अलपत्र परेको थियो ।
१ करोड ३ लाखमा ठेक्का लागेको पुलको करिब ७७ लाख रुपैया लिएर ठेकेदार सचिन क्षेत्र फरार भएपछि पुल निर्माणकार्य रोकिएको थियो ।स्थानीय तहको निर्वाचनपछि मेयर तारा सुब्बा स्थानिय निर्माण ब्यबसायी गोपाल श्रेष्ठ र गणेश गुरुङलाई पुल निर्माण गर्न निर्देशन दिएका थिए ।
पुल निर्मण गर्न मेयर सुब्बाले नै डिभिजन सडक कार्यालय बिराटनगर र स्थानीय निर्माण ब्यबसायीसँग समन्वय गरेका थिए ।‘यो पुल निर्माण गर्ने जिम्मेवारी लिएको डिभिजन सडक कार्यालयले चासो नदेखाएपछि आफुले नै पहल गरेको बताए ।
स्थानिय निर्माण ब्यबसायी गोपाल श्रेष्ठले मेयरको निर्देशन अनुसार नै आफुहरुले काम गरेको बताए । पुल निर्माणमा हाम्रो करिब ८० लाख रुपैया खर्च भई सकेको छ,त्यो खर्च कहाँबाट फिर्ता हुन्छ भन्ने अन्योलता रहेको उनले बताए ।
उनले बैशाख २० गते भित्रमा पुलको सम्पुर्ण निर्माण कार्य सम्पन्न हुने र उद्घाटन हुने बताए ।२० गते भित्रमा पुल पुर्ण रुपमा सञ्चालनमा आउछ उनले भने ।