धरान/धरान उपमहानगरपालिकाका प्रमुख तारा सुब्बाले मुस्लिमहरुको हितलाई ध्यानमा राखेर निती निर्माण तथा योजना निर्माण गने बताएका छन् । उनले मुस्लिम समुदायको विकास नगर सरकारको प्राथमिकतामा रहेको समेत बताए ।

मुस्लिमहरुको समग्र पक्षलाई ध्यानमा राखेर निती र योजना ल्याइने भन्दै मेयर सुब्बाले धरान सरकार सबैको सामुहीक हितमा काम गर्न तत्पर रहेको जनाए । सोमबार ३ नम्बर वडा समितीले आयोजना गरेको मुस्लिम सशक्तिकरण कार्यक्रममा बोल्दै उनले धरानलाई बिबिधतामा एकता भेटिने शहरको रुपमा कायम राख्दै संबृद्ध धरान बनाउने गतिमा अगाडी बडिएको बताए ।

सशक्तिकरणको सहजीकरण मुरारी सुबेदीले गरेका थिए । मुस्लिम समुदायको बिषयमा संबिधानमा भएको ब्यबस्थाका बिषयमा उनीहरुलाई बुझाइएको र अन्य ऐन तथा कानुनहरुले मुस्लिम समुदायको पक्षमा गरेको ब्यबस्थाको बारेमा समेत जानकारी गराईएको ३ नम्वर वडा सदस्य बिकास बनेपालीले बताए ।

कार्यक्रममा महिला तथा पुरुषगरि करिब डेडसय जनाको सहभागिता रहेको बनेपालीले जानकारी दिए । कार्यक्रम ३ नम्वर वडाका वडाध्यक्ष आशाकुमार श्रेष्ठको अध्यक्षतामा सम्पन्न भएको थियो ।