भद्रपुर । पछिल्लो समय झापाका सीमा क्षेत्रमा सुरक्षा व्यवस्था कडा भएपछि झापाका केहि कपडा व्यापारीले इलाम लगायतका जिल्लावाट कपडाको तस्करी सुरु गरेका छन् । करिब एक महिना अघि झापामा तस्करी बढेको समाचार सार्वजानिक भएपछि छटपटाएका व्यापारीले केहिदिन अघिवाट झापा बाहिर विभिन्न नाका प्रयोग गरि भन्सार छलेर दैनिक लाखौं मूल्य बरावरको लत्ता कपडा नेपाल भित्र्याउने गरेका हुन् ।
भद्रपुर र इलामका केहि कारोबारीले भारतवाट भन्सार छलेर दैनिक लाखौ मूल्य बरावरको सामान करोबार गरिरहेका छन् । समुहका नाइकेमा इलाम उद्योग वाणिज्य संघका एक कार्यसमिति र पूर्व प्रहरीका घुमुवा रहेका छन् । सिलगढी, भाटीगडा वाट डीसीएम ट्रकमा लोड गरि दार्जेलिङ् मोड हुदै पानी घट्टा, गाडी धुरा ,मिरिक हुदै पशुपतीनगर दक्षिणमा रहेको छब्बीसे भन्सार नाकावाट त कहिले हिले नाका,श्री अन्तु हुदै सामान आउने गरेको पाइएको छ । कारोबारीले पूर्व प्रहरीका घुमुवाको घर फिकल नजिकै सामान स्टक गरि कोइला बोक्ने ट्रक,पिकअप भेन,इलामवाट झापा आउने सवारी साधनमा केहि पोका मिलाएर फिक्कल हुदै विर्तामोड ल्याउने गरेका छन् । करोबारीले सीमा क्षेत्रका दुवै प्रहरीका केहि व्यत्तिलाई खुसी पारेर काम गरिरहेका छन् । भद्रपुरवाट बन्दोवस्तीका सामान सहित उतै बस्ने गरि भद्रपुरका व्यापारी गएको एक व्यापारीले बताए । हाल भद्रपुरमा तीनवटा समुह रहेका छन् । समुहले सुनसरीको श्रीपुर, इलामको केहि नाका ,मोरङ्को उर्लाबारी लगायतको नाकावाट भन्सार छलेर काम गरिरहेको पाइएको छ भने केहिले भद्रपुर लगायत दक्षिणी क्षेत्रवाट काम गर्न खोजिरहेका छन् । यी क्षेत्रवाट सामानको तस्करी भइरहेको सुरक्षाकर्मीलाई जानकारी भएपनि नियन्त्रणको प्रयास प्रभावकारी देखिएको छैन । दायाँवायाँवाट सामान निकासी पैठारी भएसगै भन्सार कार्यालयमा राजस्व संकलनमा गिरावट आएको छ । तस्करीको विषयमा पटक पटक समाचार सार्वजानिक भएपनि नियन्त्रण हुननसेको छैन । प्रहरीले इच्छा देखाएमा जुनसुकैबेला यस्ता गतिविधि रोक्न सक्ने व्यापारीको भनाइ छ ।
झापामा केहि कडाइ भएपछि कारोबारीले भद्रपुर, केचना सीमा नाकाहुदै आउने सामान भारतको गलगलिया,कादोगाँउ लगायतको नाकामा ल्याएर राखेका छन् । झापामा लाइन चलाउन केहि व्यापारी आन्तरिक कसरतमा जुटेका छन् भने काम गर्न नपाएकाले झापा भन्दा बाहिरको तस्करी रोक्नको लागि रकम समेत खर्च गरेका छन् । रकममा केहि साधा पोसाकका प्रहरीले समेत भाग पाएका छन् भने यस्को व्यवस्थापनको लागि केहि व्यापारीलाइ प्रयोग गरिएको छ ।
भारतमा कस्टम नभएका कारण काम गर्न समस्या भएको इलाका प्रहरी कार्यालय पशुपतीनगरका इन्सपेक्टर शिव कुमार बुढाथोकिले बताए । खुल्ला सीमा भएकाले केहि समस्या भएको उल्लेख गर्दै १६ स्थानमा चेकपोष्ट मार्फत चेक जाँच गर्दै आइरहेको बताए । प्रहरीले गरेको छड्के चेकजाँचमा दुइदिन अघि ७६ हजार मूल्य बरावरको लत्ता कपडा र आइतबार विहान २५ हजार मूल्य बरावरको मोटर पार्टस बरामद गरिएको जनाए । अहिलेको समयमा जागिर धरापमा राखेर दायाँवाँया गर्ननसकिने उनले दाबी गरे । प्रहरीले सामान बरामद गरिरहेपनि तस्करी भने नियन्त्रण हुन नसेको छैन।
यता भारतबाट नेपालमा भन्सार छली ल्याएको ३४ लाख बराबरको मालसामान आइतबार सुनसरी प्रहरीले बरामद गरेको छ । कोशी गाउँपालिका वडा नं. ५ जमुनाबाट कपडा र गाडी बरामद गरेको हो । डब्लु बी ७३ ई ३१९३ नम्बरको भारतीय गाडीमा भन्सार छली नेपाल ल्याएकोकपडा निम्ति जिल्ला प्रहरी प्रमुख डिएसपी नारायणप्रसाद चिमरियाको नेतृत्व टोलीले बरामद गरेको हो ।
डिएसपी चिमरियाका अनुसार विशेष सूचनाका आधारमा बिहान २.४५ बजे ३४ लाखको कपडा र दस लाख मूल्य पर्ने पिकअप भ्यान पनि पक्राउ गरिएको हो । प्रहरीले भारत सिलगुढी देवीगञ्ज घर भएका ३८ बर्षीय मुकुल रायलाई पनि पक्राउ गरेको हो । खुल्ला सीमनाका कारण सीमापारि भारतबाट अवैध रुपमा नेपालमा सामान भित्रिने गरेको छ । बरामद सामान ,गाडी र मानिसलाइ सेतुबन्ध भन्सार कार्यालय कोशी व्यारेज पठाइएको प्रहरीले जनाएको छ ।
व्यापारीहरुले सुनसरी क्षेत्रबाट कस्मेटिक आइटम, तयारी पोशाक, मल, किराना आइटमका सामान, खाद्यान्न लगायतका सामान सीमापारिबाट नेपाल भित्रयाउने गरेका छन् । कृषि आइटमका समान भने पश्चिमको नारायणगढ सम्मका व्यापारीले भित्रयाउने गरेको गुनासो सुनिने गरेको छ। कतिपय कृषि आइटमका सामान काठमाडौ सम्म समेत व्यापारी मार्फत पुग्ने गरेको छ ।
भारतका मुकुल,जपप्रकाश र सतिष नामका व्यक्तिले भारतवाट कपडा नेपाल पठाउने काम गर्दै आइरहेको पाइएको छ । बरामद गरिएको सामान भद्रपुरका व्यापारीको हुनसक्ने स्रोतको दाबी छ ।