विराटनगर । मोरङको केराबारी गाउँपालिकामा पर्ने चुरक्षे क्षेत्रको खोलाहरुबाट अवैद्य रुपमा ढुंगा, गिट्टी र बालुवाको उत्खनन हुने गरेको पाइएको छ ।
चुरे संरक्षण क्षेत्रको खदम खोलाबाट अवैधरु रुपमा ढुङ्गा, गिटी र बालुवासहित सवारी साधन प्रहरीले पक्राउ गरेपछि उक्त रहस्य खुलेको हो ।
प्रहरीले मोरङ केराबारी गाउँपालिका – ७ मुगु स्थित खदम खोलाबाट अवैध रूपमा ढुंगा चोरी पैठारी गरी स्टोक गरी राखेको ठाउबाट जेसिवी र टिफर सोमबार नियन्त्रणमा लिएको मोरङ प्रहरीले जनाएको छ । प्रहरीले अन टेष्ट जेसिवी मेशिनले ना ७ ख ६९१२ नं. को टिफरमा ढुंगा उठाई रहेको अवस्थमा बरामद गरेको मोरङ प्रहरी प्रमुख एसपी अरुणकुमार बिसीले जानकारी दिए । प्रहरीको अनुसार बरामद गरेको दुवै सवारी साधनहरूलाई पक्राउ गरी स्टोक गरिएको अन्दाजी ४ हजार ५ सय घनमिटर ढुंगा समेत सिज गरी आवश्यक कारवाहीको लागि ईलाका बन कार्यालय केराबारीमा बुझाईएको छ ।
प्रहरीले १५ दिनको अवधीमा चुरे संरक्षण क्षेत्रमा अवैध ढुंगा, गिट्टी बालुवा उत्खनन तथा ओसार पसारमा संलग्न ५ टिफर, ४ ट्याक्टर र ४ जेसिवी गरी १३ वटा सवारी साधन र अन्दाजी ५ हजार घनमिटर ढुंगा पक्राउ गरी आवश्यक कारवाहीको लागि सम्बन्धित कार्यालयमा बुझाईएको मोरङ प्रहहरीको भनाई छ । पछिल्लो समय चुरे क्षेत्रको खोलाहरुबाट अवैध रुपमा उत्खनन हुने गरी ढुङ, गिटी र बालुवाहरु तस्करी हुने गरेको छ । अवैध रुपमा चोरी तस्करी भएसँगै प्रहरीले चुरे क्षेत्रमा निगरानी समेत बढाएको प्रहरीले बताएको छ ।