बेलबारी । मोरङको सुन्दरहरैंचामा वालिका वलात्कारको घटना सेलाउन नपाउदै अर्को बलात्कारको घटना भएको छ । आईतवार राती ७ बजेतिर सुन्दरहरैंचा ६ निवासी एक दलित किशोरी माथि बलात्कारको प्रयास भएको छ । किशोरीलाई धम्की दिएर बलात्कारको प्रयास हुदै गर्दा उनी बलात्कारीलाई छक्काएर किशोरी भने उम्कन सफल भएको छ । सुन्दरहरैंचा ६ निवासी २२ वर्षिय सुगम भनिने प्रेमलाल चौधरीले स्थानीय १७ वर्षिय दलित किशोरीलाई बलात्कार प्रयास गरेको भन्दै ईलाका प्रहरी कार्यालय बेलबारीमा पीडितले उजुरी दिएकी छिन् । ईटहरी स्थित एक ज्वेलर्समा काम गरेर घर फर्कने क्रममा सुन्दरहरैचामा चौधरीले किशोरीको पिछा गर्दै आएका थिए । सोही क्रममा किशोरीले आफ्नो फोन उठाउने क्रममा एक्कासी मुख र घाँटीमा पक्रेर चौधरीले जवरजस्ती गरेका थिए । सोही क्रममा उनले बालुवामा लडाएर वलात्कारको प्रयासको क्रममा म कपडा खोल्छु भनि छक्काएर उनी भाग्न सफल भएकी पीडित किशोरीका आफन्तले बताएकी छन् । घटनाको विषयमा पीडितले ईलाका प्रहरी कार्यालय बेलबारीमा स्थानीय जनप्रतिनिधिहरुको उपस्थितिमा सोमवार किटानी जाहेरी दिएकी छिन् । पीडित किशोरीको घाँटी,गाला र कम्वरमा चोट लागेको छ । पीडित किशोरीलाई भने स्वास्थ्य परिक्षणको लागि कोशी अञ्चल अस्पताल विराटनगर लगिएको छ । अभियुक्त चौधरी भने फरार रहेको छ उनको खोजी कार्य भईरहेको ईलाका प्रहरी कार्यालय बेलबारीका इन्सपेक्टर रामजी कटवालले बताए ।