इलाम । चौथो संस्करणको अन्तराष्ट्रिय आमन्त्रण माईभ्याली फुटबल प्रतियोगिताको दोस्रो चरणको पहिलो क्वाटर फाइनल खेलमा आयोजक माइभ्याली स्पोर्टिङ क्लबलाई पाखा लगाउदै मनाङ मस्र्यााङ्दी क्लब काठमाडौँले सृमी फाइनलको यात्रा तय गरेको छ । खेल सुरु भएको ३७ औँ मिनेटमा मनाङ मर्साङ्दीका तर्फबाट नाइजेरियन खेलाडी काशीले गोल गरेका गरेका थिए । माईभ्याली स्पाटिङ क्लबका प्रशिक्षक सुजन राईले आशा गरेभन्दा राम्रो प्रतियोगिता भएको बताए । अन्तराष्ट्रिय स्तरको खेलमा इतिहासकै पहिलो पटक क्वाटर फाइनलमा पुगेको माईभ्याली स्पार्टिङ क्लबले पहिलो खेलमा कास्की ११ लाई तीनका विरुद्ध दुई गोलको अन्तरले हराएको थियो । मनाङ मस्र्याङदी क्लबका कप्तान राष्ट्रिय टिमका कप्तान विराज महर्जनले आफूहरुले सम्भावना भए पनि खेल खेल्न नसकेकाले माईभ्याली फुटबल क्लबलाई समेत सजिलै जित्न नसकिएको अपेक्षा रहेको बताए । उनले गत वर्ष १३ वटा खेल खेलेकोमा चार टा मात्र उपाधि जित्न सफल भएको बताए । प्रतियोगिताको म्यान अफ दि म्याच माइभ्याली स्पोर्टिङ क्लबका तिर्थ बस्नेतले नगद दश हजार रुपैँया,ट्रफि र मेडल हात पारे । बिजेता मनाङ सस्र्याङ्दी क्लबले वैशाख १२ गते विभागिय टिम नेपाल आर्मीसगँ भिड्ने छ । मगंलबार हुने खेलमा गत वर्षको माइभ्याली फुटबल प्रतियोगिताको बिजेता रमपम झापा ११ र विभागिण् टिम सशस्त्र प्रहरिबीच हुने छ । झापाले दोस्रो संस्करणको माइभ्याली फुटबल प्रतियोगिता २०७२ को फाइनलमा समेत ए पि एफलाई हराएको थियो । सिजनकै पहिलो प्रतियोगिता माइभ्याली गोल्डकपको बिजेताले नगद छ लाख ६६ हजार छ सय रुपैँया र उपबिजेताले चार लाख रुपैँयासहित ट्रफि,मेडल र प्रमाणपत्र पाउनेछन् ।