भद्पुर । हाइटेन्सन बिजुलीको तारबाट करेन्ट लागेर झापाको बनियानीमा एक मजदुर गम्भिर घाइते भएका छन् ।
घाइते हुनेमा कचनकवल गाँउपालिका २ स्थित दुर्गा भिट्टा निवासी अन्दाजी ४० बर्षीय टीकाराम भण्डारी रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । करेन्ट लागेर भण्डारीको दाँहिने हात जल्नुका साथै शरिर र खुट्टामा चोट लागेको प्रहरीले जनाएको छ । हाल उनको ओम साई पाथिभरा हस्पिटल भद्रपुरमा उपचार भइरहेको छ ।
घटना विवरण अनुसार कचनकवल ६ बनियानी बजार निवासी तिर्थ दाहालको निर्माणाधिन घरमा रंग लगाउँदै गरेको अवस्थामा भण्डारीलाई सडक छेऊको हाइटेन्सन बिजुलीको तारबाट करेन्ट लागेको प्रत्यक्षदर्शी मजदुर पुजन ढुंगेलले बताए ।
६ महिना अघि दाहालकै निर्माणाधिन घरमा प्लाष्टर काम गरिरहेका सोही बिजुलीको तारबाट करेन्ट लागेर दुई मजदुर घाइते भएका थिए । कचनकवल गाउँपालिका ६ बस्ने ३० बर्षिय बासिलाल राजवंशी र २५ बर्षिय मोहन राजवंशी रहेको जिल्ला प्रहरी कार्यालय झापाका डिएसपी जितेन्द्रकुमार बस्नेतले जानकारी दिए ।
ब्ततबअजmभलतक बचभब