इलाम । चौथो संस्करणको अन्तराष्ट्रिय आमन्त्रण माइभ्याली गोल्डकपको दोस्रो क्वाटर फाइनल खेलमा गत वर्षको माइभ्याली कप विजेता रमपम झापा ११ लाई एकका विरुद्ध दुई गोल गर्दै सशस्त्र प्रहरी क्लब काठमाडौँले सेमि फाइनलको यात्रा तय गरेको छ । खेलको दोस्रो हाफको ५४ मिनेटमा सशस्त्र प्रहरीका टिम कप्तान नविन लामाले पहिलो गोल गरेका थिए । यस्तै लगत्तै दुई मिनेट पश्चात झापाका तर्फबाट भूषण सुब्बाले गोल गोल गरे । खेलको ६५ औँ मिनेटमा सशस्त्र प्रहरिका युबराज खड्काले झापालाई पाखा लगाउदै सेमि फाइलनलमा उकालेको हो । पाहुना टोली बंगलादेशको कावरानलाई ३—१ गोल अन्तरले पराजित गर्दै सशस्त्र प्रहरीको एपिएफ क्वाटर फाइनलमा पुगेको थियो । गत वर्ष १— ० गोल अन्तरले एपिएफलाई सेमि फाइनलमा पाखा लगाएको झापालाई सोही मैदानमा बद्ला लिदैँ क्वाटर फाइनलबाटै घर फर्काउन सफल भएको छ । । दोस्रो संस्करणको माइभ्याली गोल्डकप २०७२ मा एपिएफलाई २—० गोल अन्तरले गोल गर्दै बिजेता बनेको झापाले गत वर्ष त्रिभुवन आर्मी क्लब काठमाडौँलाई टाइब्रेकरमा हराउदैँ दास्रो पटक बिजेता बन्न सफल भएको थियो । एपिएफका प्रशिक्षक गणेश लावतीले खेलाडीले उत्कृष्ट खेलेकाले नै झापालाई हराउन सफल भएको बताए । उनले फाइनलको अनुपातमा खेल भएतापनि जीत हासिँल गर्न सफल भएको बताए । टिम मजबुत भएकाले नै माइभ्याली गोल्डकपमा झापालाई पहिलो पटक जीत हासिँल गरेको बताए । अबको खेलमा रमपम झापाले पाए जस्तै एपिएफले पनि दर्शक पाउने आशा रहेको बताए । यस्तै रमपम झापा ११ का प्रशिक्षक प्रवेश कटुवालले खेलाडी परिवर्तनका कारण हार्नु परेको बताए । एपिएफ मजबुत टिम भएकाले दुबै टिमको बराबरी अनुपातमा खेल भएतापनि पटक पटक आएको मौका झपाले गुमाउनु पर्दा हार भएको बताए । प्रतियोगिताको म्यान अफ दि म्याच सशस्त्र प्रहरी एपिएफका टिम कप्तान नविन लामा घोषित भई नगद दश हजार रुपैँया,ट्रफि र मेडल प्राप्त गरे । विजेता टिम एपिएफले १३ गते हुने नेपाल पुलिस क्लब र थ्रि स्टार क्लब काठमाडौँबीचको बिजेता टिमसगँ १५ गते सेमि फाइनल खेल खेल्नेछ । प्रतियोगिताको बुधबार हुने तेस्रो क्वाटर फाइनल खेलमा त्रिभुवन आर्मी ब्लब काठमाडौँ र युनाइटेड सिक्किम फुटबल क्लब भिड्दैछन् । नेपाल,भारत र बंगलादेशका १२ टिमको सहभागिता भएको प्रतियोगिताको बिजेताले नगद छ लाख ६ हजार छ सय रुपैँया र उपबिजेताले चार लाख रुपैँया सहित ट्रफि,मेडल र प्रमाणपत्र पाउनेछन् ।