भद्रपुर/सुनसरी प्रहरीले २ दिन अघि बरामद गरेको सामानसहित भारतीय गाडी र कारोबारमा संलग्न भारतीय एक नागरिकलाई छुटाउन भद्रपुरका व्यापारी सञ्जीब घोषले आन्तरिक चलखेल शुरु गरेका छन् । लाखौ मूल्य बरावरको कपडासहित पक्राउ परेका भारत सिलगुढी देवीगञ्ज घर भएका ३८ बर्षीय मुकुल राय धरौटी बुझाउन नसकेर कारागार चलान भएपछि व्यापारी घोषले आफु निकटका सवै क्षेत्रका व्यत्तिलाई हातमा लिएर चलखेललाइ तब्रि बनाएका हुन् । पक्राउ परेका राय व्यापारी घोषका सहयोगी पात्र हुन । हाल उनि झुम्का कारागार सुनसरीमा रहेका छन् ।
भारतबाट नेपालमा भन्सार छली ल्याएको ३४ लाख बराबरको कपडा आइतबार सुनसरी प्रहरीले बरामद गरेको थियो । कोशी गाउँपालिका वडा नं. ५ जमुवाबाट कपडा सहित गाडी र रायलाइ पक्राउ गरेको थियो । डब्लु बी ७३ ई ३१९३ नम्बरको भारतीय गाडीमा भन्सार छली नेपाल ल्याएको कपडा जिल्ला प्रहरी कार्यालय सुनसरीका डिएसपी नारायणप्रसाद चिमरियाको नेतृत्व टोलीले आइतबार विहान पौने तीन बजे बरामद गरेको थियोे । घटनापछि प्रहरीले गाडीसहित सामान सुनसरी भन्सार कार्यालय सेतु बन्ध स्थित कोशी व्यारेज पठाएको थियो भने मानिसलाई भन्सार कार्यालयले कारागार चलानको लागि प्रहरीलाइ जिम्मा लगाएको थियो ।
घटनालाई वैध बनाउन घोषले राजनीतिक दल, सञ्चार संस्था,सुरक्षा निकाय, भन्सार कर्मचारीसँग कागज मिलाउने योजनामा लागि परेको पाइएको छ । प्रहरीले दुःख दिएर गरि खान नदिएको भन्दै सबै निकायलाई हार गुहार शुरु गरेको बुझिएको छ । वैद्य सामानलाइ प्रहरीले अवैद्य भनी बारम्बार दुख दिने गरेको उल्लेख गर्दै सामान भद्रपुरको गोदामवाट शनिबार अपरान्ह् ३ बजे हिडेको घोषले दाबी गर्दै आइरहेका छन् । आफुले सवै प्रक्रिया पुर्याएर मात्र सामान पठाएको उनको भनाइ छ । घोषले भद्रपुरवाट सामान गएको बताउदै आएपनि वैशाख देखि घट्ना भएको दिन सम्म छोटी भन्सार कार्यालय भद्रपुरमा बरामद गाडीको भन्सार कागजात बनाएको भने पाइएको छैन । सुनसरी प्रहरीले भने भारतबाट नै गाडीमा सामान आएको बताएका छन् ।
यता कारागारमा रहेका रायले सामान सञ्जीबको भएको बताए । आफुले धेरै वर्षअघि देखि काम गर्दै आएको उनले बताए । सञ्जीब दाई सोमबार मलाई भेटेर केहिदिन पछि छुटाउने भन्दै गएको र मंगलबार दिउँसो पनि कुरा भएको रायले बताए । जस्ले सोधे पनि भद्रपुर हुदै गाडी ल्याएको भन्नु है भनेर दाइले भनेको उनले सुनाए । पछिल्लो समय भद्रपुर लगायतका नाका कडा भएर सुनसरी सामान पठाउदै आएको उनले बताए । दाईको सामान अझै पनि भारतको विभिन्न बजारका गोदाममा सामान रहेको उनले जनाए । प्रहरीले सामान भन्सार बुझाइसकेपछि विभिन्न क्षेत्रवाट सामान र मान्छे बिना शर्त छाड्न दवाव शुरु भएको सुनसरी भन्सार कार्यालयका भन्सार प्रमुख विष्णु प्रसाद पौडेलले बताए । भारतीय गाडीमा बिना विलबिजक राती आएकोले सामान अवैद्य भएको प्रमुख पौडेललको भनाई छ ।
पक्राउ परेका व्यक्तिलाई भन्सार ऐन अनुसार कार्वाहीको लागि कारागार पठाइएको तर सामानको भने कसैले दाबी गर्न नआएको उनले बताए । प्रहरीले गाडी र सामानसहित ४४ लाखको विगो गरि पठाएकोले बरामद सामानको दाबी गर्न निवेदन लिएर आउनेले सबै भन्दा पहिले विगो बरावरको रकम बुझाउनु पर्ने उनले जनाए । विगो तिरेर मानिस छुटेपछि मुद्धा लड्नु पर्ने उनको भनाइ छ । निवेदक आएको दिनको ५ बजे सम्म विगो रकम धरौटी नबुझाएमा निवेदक समेत कारागार चलान हुने नियम रहेको उनले बताए । सामानको विषयलाई लिएर धेरै क्षेत्रबाट दवावमुलक फोन आएको जानकारी गराउदै कुनै पनि हालतमा नियम भन्दा बाहिर गएर काम नगर्ने उनले आश्वासन दिएका छन् । निवेदकको दाबी आएपछि कार्वाहीको प्रक्रिया अगाडी बढाइने उनले बताए ।