भद्रपुर । झापामा स्थानीयमा औलो रोग देखानपरेपनि विदेशबाट आउने नागरिकमा भने रोग देखा पर्ने गरेको पाइएको छ । जिल्ला जनस्वास्थ्य कार्यालय झापाले ०७४।७५मा गरेको सर्वेमा जिल्लामा ४ जना आयतित रोगी फेला परेपछि यस्तो जनाएको हो । शंका लागेर १८ सय जनामाथि कार्यालयले गरेको परिक्षणमा विदेशबाट झापा आउने चारजना नागरिकमा मात्र औलोरोग देखा परेको जनाएको छ । बाहिरवाट आएर यतै वसेका विरामीमा रोग देखा परेको जिल्ला जनस्वास्थ्य कार्यालय झापाका भेक्टर कन्ट्रोल जीवन चौलागाईले जनाए । कार्यालय लगायत स्वास्थ्य संस्थाहरुमा गरिएको परिक्षणमा यो रोग देखा परेको भएपनि कडा खाले औलो रोग भने झापामा नदेखिएको चौलागाईको भनाइ छ । झापाको अवस्था हेर्ने हो भने वाहुण्डागी, काकाडभिट्टा,पृथीवीनगरमा औलोका रोगी देखिएकोले सो क्षेत्रमा आवश्यक शर्तकर्ता अपनाइसकेको उनले जनाए । गत तीन वर्षको तथ्याङ्कले भने झापामा औलो रोग निर्मूल हुदै गएको देखाएको छ । ०७२।७३ मा ४२ जना,०७३।७४ मा २२ जना र ७४।७५को हालसम्म चार जना रोगी देखिएको कार्यालयले जनाएको छ । कार्यक्रमको प्रस्तुतीकरण गर्दै चौलागाइले नेपाल सरकारले सन् २०२५ सम्म नेपालवाट औलो निवारणको घोषणा गर्ने लक्ष अघि सारेकोले सोहि अनुरुप देशैभरि औलो निवारण कार्यक्रम सञ्चालनमा रहेको जनाए । नेपाल सरकारको मातहतमा रहेका स्वास्थ्य संस्थाहरु मार्फत औलोको निःशुल्क परिक्षण तथा उपचार,विश्वस्वास्थ्य संगठनले प्रमाणित गरेको कीटनाशकयुक्त निःशुल्क झुल वितरण,विषादी जनचेतना,औलो विरामीको खोजतलास लगायतको विभिन्न कार्यक्रम सञ्चालन हुदै आएको कार्यालयले जनाएको छ । बर्षेनी करिब एक हजार प्रयोगशालावाट औलो बिरामी पत्ता लाग्ने गरेकोले औलो संक्रमित एनोफिलिज जातको पोथि लामखुट्टेको टोकाइबाट सर्ने हुदा टोकाइबाट बच्नुनै औलो रोगको सर्वोत्तम उपाय मानिएको चिकित्सकको भनाइ छ । विषेशगरि गर्भवती महिला र पाँचवर्ष मुनिका बालबालिका बढी जोखिम हुने उनिहरुको भनाइ छ । विश्व औलो दिवसको अवसर पारेर कार्यालयले बुधबार आयोजना गरेको पत्रकारसँगको अन्तरक्रिया कार्यक्रममा हाम्रो सक्रियता, औलो निवारणमा सफलता भन्ने नाराकासाथ विभिन्न कार्यक्रमको आयोजना गरि मनाएको जनाइएको थियो । त्यसैगरि औलो रोगवाट बच्न झापामा गर्भवती महिलाको लागि ७ सय झुल वितरण गरिएको कार्यालयले जनाएको छ । कार्यालयले दिएको जानकारी अनुसार साविक वाहुण्डागी र पृथीवीनगर गाविसका केहि वडामा क्रमश २ सय ६५ र ३१ थान साथै मेचीनगर पालिकामा ४ सय ४ थान झुल वितरण गरिएको जनाएको छ । सोहि कार्यक्रममा सेवावाट अनिवार्य अवकास प्राप्त गरेका तथ्याङ् अधिकृत कृष्ण प्रसाद नौपानेलाई कार्र्र्यालय कर्मचारीले विदाइ गरेका थिए । कार्यालयका बरिष्ठ जनस्वास्थ्य प्रशासक मधुसुधन कोइरालाको अध्यक्षतामा भएको कार्यक्रममा कार्यालयका कर्मचारी,स्वास्थ्यकर्मी,सञ्चारकर्मी लगायतको सहभागिता रहेको कार्यक्रममा पत्रकारहरुको तर्फवाट गोपाल गिरीले मन्तव्य राखेको कार्यक्रमको सञ्चालन कर्मचारी वेदप्रसाद घिमिरेले गरेका थिए ।