[gallery ids="80884"]

इलाम । चौथौ सस्ंकरणको माइभ्याली फुटबल र्पतियोगिताको तेस्रो क्वाटर फाइनल खेलमा त्रिभुवन आर्मी क्लब काठमाडौँले ३—१ अन्तरले जीत गर्दै युनाइटेड सिक्किम फुटबल क्लबलाई घर फर्काएको छ । खेल सुरु भएको १५ मिनेटमा आर्मीका दिनेश हेम्जमले गोल गर्दै आर्मीलाई अग्रता दिलाए । यस्तै खेलको दोस्रो हाफको ७१ मिनेटमा सिक्किम युनाइटेडका इन्द्रजीत क्षेत्रीले गोल गरेका थिए । दास्रो हाफको ७६ मिनेटमा युनाइटेड सिक्किमका गोल रक्षक पिनिसो शेर्पा बिट भएको अवस्थामा आर्मीका नवयुग श्रेष्ठले गोल गर्दै टिमलाई अग्रता दिलाएका थिए । खेलको इन्जुरी समयमा आर्मीको तर्फबाट नवयुग श्रेष्ठको पासमा टिम कप्तान भरत खवासले पुन गोल गर्दै सेमी फाइनलको यात्रा तय गरेको हो । प्रथम चरणको खेलमा संकटा क्लब काठमाडौँलाइ १—० गोल अन्तरले पराजित गर्दै युनाइटेड सिक्किम फुटबल क्लब क्वाटर फाइनलमा उक्लेको थियो । त्रिभुवन आर्मी क्लब काठमाडौँका प्रशिक्षक नबिन न्यौपानेले मौका भएपनि स्कोर गर्न नसकेको बताए । खेलाडी सबै उत्कृष्ट रहेकाले जित हासिँल गरेको बताउँदै २०७५ को पहिलो सिजन माइभ्याली गोल्डकप समेत जीत हासिँल गरि खेललाई झनै शसत्त बनाउने बताए । यस्तै युनाइटेड सिक्किम फुटबल क्लबका प्रशिक्षक मायलडुक लेप्चाले खेलाडीले उत्कृष्ट खेलेको दर्शकको माया पाएकाले हार स्वभाविक भएको बताए । उनले टिमका सिनियर खेलाडी सञ्जय राई खेलको मध्यान्न समयमा घाइते हुनु नै ब्याड लक भएको बताए । प्रथम खेल पश्चात भारतको ग्यानटोकमा भइरहेको महेन्द्र कार्की मेमोरियल कप खेली पुन क्वाटर फाइनल खेल खेल्न आउनु परेकाले पनि खेलाडी थकित भएको बताए । खेलको म्यान अफ दि म्याच त्रिवुन आर्मी क्लब काठमाडौँका सन्तोष तामाङ घोषित हुदैँ नगद दश हजार रुपैँया र चादीँको मेडल प्राप्त गरे ।

प्रतियोगिताको विजयी टिम आर्मीले मनाङ मस्र्याङ्दी क्लब काठमाडौँसगँ सेमि फाइनल खेल खेल्नेछ । यस भन्दा अगाडिको सिजनमा दुहवी गोल्डकप,काकँडभिटा गोल्डकप,झिलझिले गोल्डकप र धनगडी गोल्डकपमा मनाङसँग फाइनलमा पुगेको आर्मीले तीन वटा उपादी जितेको थियो भने मनाङले दुहवी गोल्डकपमा आर्मीलाई हराएको थियो । माइभ्याली गोल्डकप २०७१ मा थ्रि स्टार क्लबलाई टाइब्रेकरमा हराइ बिजेता बनेको आर्मीलाई गत वर्ष रमपम भापा ११ ले हराएको थियो । बिहीबार हुने माइभ्याली गोल्डकपको अन्तिम क्वाटर फाइनल खेल नेपाल पुलिस क्लब काठमाडौँ र थ्रि स्टार क्लब ललितपुरबीच हुदैँछ । प्रतियोगिताको विजेताले नगद छ लाख ६६ हजार ६ सय र उपबिजेताले नगद चार लाख रुपैँयासहित ट्रफि,मेडल र प्रमाणपत्र पाउनेछन् । प्रतियोगिताको फाइनल खेल वैशाख १७ गते हुनेछ ।