पाँचथर/पाँचथरको ऐतिहासिक धार्मिक स्थल कुम्मायक कुसायकमा प्रत्येक तीन-तीन वर्षमा लाग्ने त्रिशाली पूजा एवंम मेलाको लागी भन्दै कुम्मायक गाउँपालिकाका वडा न. १ घर भई हाल युकेमा बसोबास गर्दै अाएका समाजसेवी गर्जेन्द्र लावतीले ६१ हजार ७ सय ७० रुपैयाँ आर्थिक सहयोग गरेका छन् ।
उनले त्रिशाली पूजामा च्याब्रुङ, र बाजा-गाजा बजाउँनेहरुको लागि खर्च गर्न आग्रह गर्दै उक्त्त रकम प्रदान गरेको बताए । पापोहाङ लावती सयङ युके र सम्बाहाम्फे उत्थान संघ युकेबाट संङकलित उक्त्त रकम उनले त्रिशाली पुजा एवंम मूल आयोजक समितिका अध्यक्ष देबेन्द्रकुमार लावतीलाई हस्तारण गरेका थिए । आफुहरु बिरानो देशमा भए पनि आफ्नो जन्मभूमीको माया, कला र सस्कृतिको सम्झना आइरहने भएकाले सहयोग निरन्तर हुने उनले बताए ।
कुम्मायक गाउँपालिकामा घर भई हाल विभिन्न देशमा रहेको प्रवासी नेपालीको सहयोग कुम्मायक बासीले पाएको स्मरण गर्दै समितिका अध्यक्ष लावतीले दाताले गरेको सहयोगलाई उच्च सम्मानका साथ लिएको भन्दै धन्यवाद ज्ञापन गरे । हाल प्रवासमा रहेका पापोहाङ लावती सयङ, सम्बाहाम्फे उत्थान संघ लगायतका संघ-सस्थाहरुले कुम्मायक गाउँपालिकाका विभिन्न क्षेत्रमा बिगत लामो समय देखि सहयोग गर्दै आएका छन ।