विजयपुर/ स्थित कलेज रोडमा बिहिबार हाङमा बुङसिलाई कटिङ सेन्टरको सुरुवातभएको छ । सेन्टरको धरान उपमहानगरपालिकाका प्रमुख तारा सुब्बाले उद्घाटन गरेका छन् ।
अपाङगता भएकी सुनीता राई र दृष्टिविहीन युवा उमेश परियार सञ्चालक रहेको सेन्टरलाई धरान उपमहानगरपालिकाले २५ हजार रुपैया सहयोग गरेको थियो । सेन्टरलाई समाजसेवी सन्तोष थोप्राले नगद १० हजार सहित एक थानसिलाई मेसिन र कारपेट सहयोग गरेका छन् । कार्यक्रममा बोल्दै नगर प्रमुखतारा सुब्बाले अपाङगता भएका ब्यक्तिहरुलाई सिप मुलक तालिम दिएर आत्मानिर्भर बनाउने नगरको योजनाअनुसार उहाँहरुलाई सहयोग गरिएको बताए ।
अब अपाङगता भएका ब्यक्तिहरुलाई स्वरोजगार र आत्मानिर्भर बनाउने कार्य सुरु भएको छ, क्षमता अनुसारको सिप दिन र स्वरोजगार हुन हामी सहयोग गर्न तयार छौ नगर प्रमुख सुब्बाले भने । सञ्चालकद्धय श्रीमान श्रीमती हुन् ।