शनिश्चरे/मोरङको पथरीशनिश्चरे नगर कार्यपालिकाले यही वैशाख १७ गते गर्ने हिउँदे अधिवेशनको तयारीका क्रममा दैनिक बैठक थालेको छ ।
सो अधिवेशनमा ऐन, कार्यविधि सहितका नीति तथा कार्यक्रमका लागि १० वजेभन्दा अघि विहानको समय दैनिक रुपमा बैठक थालेको हो ।
नगर प्रमुख दिलीपकुमार राईको अध्यक्षतामा वसेको वैठकले नगरका लागि आवश्यक कानून तथा कार्यविधि निर्माण गरी पारित गर्दै नयाँ नीति कार्यक्रमको तयारीका लागि वैठक थालिएको नगर प्रवक्ता यामप्रसाद गुरागाईंले जनाए । वैठक अभियानको पहिलो दिन २ वटा र विहीवार दोस्रो दिन २ वटा कार्यविधि पारित भएको उनले वताए । नगरपालिकाका लागि आवश्यक प्रशासनीय कानून निर्माण गर्न प्रशासकीय कार्यविधि, करारमा प्राविधिक कर्मचारी व्यवस्थापन कार्यविधि, वहाल कर कार्यविधि र व्यवसाय कर कार्यविधि पारित भएको छ ।