पानवारी । धरान–१८ को वडा कार्यालयमा बिहीबार निःशुल्क कान तथा आँखाको उपचार शिविर सम्पन्न भएको छ ।
शिविरबाट १ सय ८० जनाले सेवा लिएको १८ नं. वडाध्यक्ष प्रविण राईले जानकारी दिएका छन् । शिविरमा ३७ जना मोतिविन्दुको विरामी, ४ जना जलविन्दु, आखाँको पर्दाको समस्या भएको ३ जना र दृष्टिदोष भएका २० जना विरामी भेटिएको विराटनगर आँखा अस्पतालका डा. विजयकुमार शाहले जानकारी दिए । शाहले ७ जना मोतिविन्दुको विरामीको अवस्था जटिल भएकोले उनीहरुलाई अप्रेशनको लागी विराटनगर आखाँ अस्पतालमा लगिने समेत बताए ।
त्यस्तै शिविरमा चेकजाँच गराउन आएका विरामीहरुलाई आवश्यक औषधी र चश्मा समेत विरतण गरीएको थियो । जसमा १२ जनालाई चश्मा वितरण गरिएको थियो भने ६ जनालाई सोमबारसम्म चश्मा तयार गरी वितरण गरिने शिविरको व्यवस्थापन गरेको १८ नं. वडा कार्यालयका वडाध्यक्ष प्रविण राईले जनाएका छन् । शिविरमा विरामीको प्रेसर, सुगरको जाँच गरी रिपोर्ट समेत तत्काल उपलब्ध गराइएको थियो ।
शिविरमा विराटनगर आखा अस्पतालका ८ जना चिकित्सकहरुले सेवा दिएका थिए भने स्थानीय आयोजना अपांग पुनस्र्थापना तथा असहाय केन्द्र धरानले गरेको थियो ।