इलाम । बिभागिय टोली त्रिभुवन आर्मी क्लब काठमाडौँलाई हराउदै मनाङ मस्र्याङदी क्लब काठमाडौँ पाmइनलमा प्रवेश गरेको छ । शुक्रबार भएको माइभ्याली गोल्डकपको पहिलो सेमीफाइनल खेलमा विभागिय टिम आर्मीलाई १—० गोल अन्तरले जीत गर्दै मनाङ फाइनलमा पुगेको हो । खेलको मध्यान्तर समयपछिको ५८ मिनेटमा मनाङका तर्फबाट हेमन गुरुङ्गको फ्रिकिकमा नेपाली राष्ट्रिय टिमका स्ट्राइकर अञ्जान विष्टले हेडिङ मार्फत गोल गरे । मनाङ मस्र्याङ्दी क्लब काठमाडौँका टिम प्रशिक्षक फुजा टोपेले दुबै टिमले उत्कृष्ट खेले तापनि जीत हासिल गर्न सफल भएको बताए । उनले आर्मी दर्बिलो टिम भएको र पटक पटक हार भएपनि सिजनको पहिलो प्रतियोगितामा भने जीत गर्न सफल भएको बताए । त्रिभुवन आर्मी ब्लबका प्रशिक्षक नबिन न्यौपानेले पाएको मौका गुमाउनु पर्दा हार भएको बताए । खेलाडीले उत्कृष्ट खेलेको र नवयुग श्रेष्ठले पटक पटक अवसर पाए पनि स्कोर गर्न नसकेको बताए । गत वर्षको सिजनमा १३ वटा प्रतियोगिता खेलेको आर्मीले सात वटा प्रतियोगितामा उपाधि जित्न सफल भएको थियो । जसमध्ये चार वटा प्रतियोगितामा मनाङ मस्र्याङ्दी क्लब काठमाडौँसगँ फाइनल खेल खेलेको आर्मीले तीनवटामा उपाधि जित्न सफल भएको थियो भने मनाङले एउटा उपाधि जितेको थियो । यस वर्षको सिजनकै पहिलो प्रतियोगितामा हार हुनुमा ब्याड लक भएको टिम प्रशिक्षकले बताए । प्रथम माइभ्याली गोल्डकपको विजेता तथा तेस्रोको उपविजेता त्रिभुवन आर्मीले युनाइटेड सिक्किमलाई क्वाटर फाइनलमा हराउदैँ सेमिफाइनलको यात्रा तय गरेको थिहो भने आयोजक माइभ्याली क्लबलाई हराउँदै मनाङ सृफिफाइनलमा उक्लेको थियो । प्रतियोगिताको म्यान अफ दि म्याच मनाङ मस्र्याङ्दी क्लबका अञ्जान विष्ट घोषित हुदैँ नगद दश हजार रुपैँयासहित चादीँको मेडल हात पारे । प्रतियोगिताको शनिबार हुने खेलमा थ्रि स्टार क्लब काठमाडौँ र सशस्त्र प्रहरिको एपिएफ क्लब भिड्दैछन् । प्रतियोगिताको बिजेता टिमले नगद छ लाख ६६ हजार छ सय ६६ र उपबिजेता टिमले नगद चार लाख रुपैँयासहित ट्रफि,मेडल र प्रमाणपत्र पाउनेछन् । फाइनल खेल वैबाख १७ गते हुनेछ ।