विराटनगर । अन्तराष्ट्रिय विमानस्थलबाट भएको साढे ३३ किलो सुन तस्करी र सनम शाक्य हत्या प्रकरणमा पक्राउ परेका चार जना बहालवला र एक जना अवकासप्राप्त डिआइजी सहित पाँच जना प्रहरी अधिकारीको बयान लिने क्रम शुक्रबार सकिएको छ । गृह मन्त्रालयको सहसचिब इश्वरचन्द्र पौडेलको नेतृत्वमा गठन भएको छानविन समितिले पक्राउ परेका प्रहरी अधिकारीसँग राय तयार गर्न बयान लिने क्रम सकिएको हो । गठित छानविन समितिले पूर्व डिआईजी गोविन्द निरौला, एसपी विकासराज खनाल, डियसपी सञ्जय राउत, सही बालकृष्ण सञ्जेल र प्रहरी जवान सन्जीव शाक्यको राय तयार पार्न बयान लिने क्रम सकिएको स्रोतले बताए । प्रहरीले पूर्व डिआइजी निरौलालाई जिल्ला अदालत मोरङमा मंगलबार ८ दिनको कर्तव्य ज्यान, अपहरण र संगठित अपराध मुद्दामा म्याथ थप गरी अनुसन्धान सुरु गरेको थियो भने एसपी खनाल, डियसपी राउतलाई सोही मुद्दामा बिहीबार ६ दिनको म्याथ थप र प्रहरी जवान शाक्यलाई बुधबार ७ दिनको म्याथ थप गरी छानविन समितिको टोलीले अनुसन्धान गर्दै आएको थियो । छानविन समितिले बयान सकेपछि मिसिल तयार पारी वैशाख १९ गते मोरङ अदालतमा पेश गर्ने प्रहरीले तयारी गरेको छ । प्रहरी हिरासतमा रहेका एसपी खनाल मकानपुर प्रहरी प्रमुख र डियसपी राउत इटहरी प्रहरीको प्रमुख हुन् । सुन तस्करमा मुख्य नाइके चुडामणि उप्रेतीलाई एसपी खनाल र सइ सञ्जेलले सघाएको खुलेको छानविन समितिले उनीहरुलाई नियन्त्रण्मा लिएको हो । खनाल २ वर्षअघि विमानस्थलमा कार्यरत रहँदा तस्करीमा सघाएका थिए । सञ्जेलले सनम शाक्य हत्या घटनामा उप्रेतीलाई जोगाउन सहयोग गरेका थिए । ३३ केजी सुन तस्करी तथा उर्लाबारीका शनम शाक्याको हत्याको संलग्नमा पक्राउ पर्ने २७ जना पुगेका छन् । सुन तस्करी र शनम शाक्य हत्या प्रकरणमा बहालवा प्रहरी र पूर्व गरी ५ जना उच्च ओदाका प्रहरी अधिकारी मोरङ प्रहरीको हिरासतमा छन् । १८ फागुनमा मोरङ उर्लाबारीका सनम शाक्यको हत्यापछि सेटिङ हुँदै आएको सुन तस्करीको पर्दाफास भएको हो । उच्च तहका प्रहरी अधिकारी पक्राउ परेपनि साढे ३३ केजी सुन तस्करीका मुख्य नाइके चुडामडी उप्रेती ‘गोरे’ भने फारर छन् ।

हिरासतमा रहेका तीन प्रहरीसँग डिआईजी शाहको भेटघाट प्रदेश नम्बर १ का डिआईजी ज्ञानबिक्रम शाहले विमानस्थलबाट भएको साढे ३३ केजी सुन तस्करी र सनम शाक्य हत्या प्रकरणमा पक्राउ परेका तीन प्रहरी अधिकारीसँग गोप्य भेटघाट गरेका छन् । जिल्ला प्रहरी कार्यालय मोरङको हिरासतमा रहेका अवकाश प्राप्त डिआईजी गोबिन्द निरौला, वहालवाला एसपी बिकासराज खनाल, डियसपी राउतसँग डिआईजी शाहले शुक्रबार भेटेका हुन् । उनले आधा घण्टा मोरङ प्रहरी प्रमुख एसपी अरुणकुमार बिसीको कार्यकक्षमा भेटेका थिए । दिउँसो १ः ४० बजे आएका डिआइजी शाहले पक्राउ परेका प्रहरीसँग २ः३० बजेसम्म भलाकुसारी गरेका थिए । सादा पोशमा प्रहरी कार्यालमया उपस्थीति भएका डिआइजी शाले संगठित अपराध, मानव अपहरण तथा कर्तव्य ज्यान मुद्दामा म्याद थप गरि अनुसन्धानको दायरामा रहेका आरोपितसँग भेटघाट गरेका हुन् । गोप्य छलफल गरेपछि शाह भने काठमाण्डौं लागेका छन् ।