इटहरी / इटहरीमा आगामी वैशाख २९ गतेदेखि तेस्रो इटहरी कप टी–ट्वान्टी क्रिकेट प्रतियोगिता हुने भएको छ ।सेभेन स्टार क्लबको आयोजनामा हुने सो प्रतियोगिता जेठ ५ गते सम्म सञ्चालन हुने आयोजकले पत्रकार सम्मेलन गरी जनाएको छ ।

प्रतियोगितामा नेपाल पुलिस क्लब काठमाडौं, महाकाली क्रिकेट क्लब महेन्द्र नगरसहित विराटनगर, काकरभिट्टा, सप्तरी, इलाम, इनरुवा र आयोजक टीमकोसहभागिता रहने छ । प्रतियोगितामा विजयी टीमले नगद ७५ हजार रुपैयाँ सहित ट्रफि, मेडल र प्रमाणपत्र तथा दोस्रो हुनेलाई नगद ४० हजार रुपैयाँसहित ट्रफि मेडल र प्रमाण पत्र प्रदान गरिने आयोजक सेभेन स्टार क्लबले जनाएको छ । यसै गरी म्यान अफ द सिरिज १० हजार, वेष्ठ वलर ५ हजार र प्रत्येक खेलको म्यान अफ द म्याट एक हजार पाँच सय रुपैयाँको दरले प्रदान गरिने आयोजकले जनाएको छ । प्रतियोगिता इटहरीस्थित डिभिएम स्कुलको खेल मैदानमा हुने र सह आयोजकको रुपमा किसान कल्याण बचत तथा ऋण सहकारी संस्था रहेको आयोजक समितिका सदस्य एवम् किकेट प्रशिक्षक सीपी पौडेलले जानकारी दिए ।