तरहरा । इटहरीमा शनिवारबाट ग्रासरुट फुटबल टेनिंङ क्याम्प सुरु भएको छ । तीन दिन सम्म चल्ने फूटबल क्याम्पमा इटहरी क्षेत्रभरीका दुइ सय बालबालिकाले सहभागिता जनाउने छन । ब्वाइज फूटबल क्लब इटहरीको आयोजना तथा टेक नारायण चौधरी फाउण्डेशन र फूटबल एकेडेमीको सहयोग सुरु भएको क्याम्पको प्रदेश एकका सामाजिक बिकास मन्त्री जीबन घिमिरेले उद्धघाटन गरे । क्याम्पको उद्धघाटनको अवशरमा मन्त्री घिमिरेले यस्ता खालका प्रतियोगिताले दक्ष खेलाडी उत्पादनमा टेवा पुग्ने वताए । उनले प्रदेश सरकारले खेलकुदलाइ उच्च प्राथमिकतामा राखेको समेत जानकारी दिए । फूटबल क्यम्पमा सुनसरी जिल्ला फूटबलका प्रशिक्षक श्याम मानन्धरले मुख्य प्रशिक्षकको भुमिका निर्वाह गर्ने र अन्य १४ जना प्रशिक्षकले सहभागी बालबालिकालाइ तालिम दिने आयोजक ब्वाइज क्लबका अध्यक्ष कोबित कार्कीले जानकारी दिए ।