इलाम । बिभागिय टोली सशस्त्रको एपिएफ काठमाडौँलाई हराउदै रुसलान थ्रि स्टार क्लब ललितपुर फाइनलमा प्रवेश गरेको छ । माइभ्याली गोल्डकपको अन्तिम सेृमिफाइनल खेलमा थी्र स्टारले २—० गोल अन्तरले एपिएफलाई पाखा लगाउदै फाइनलको खेल तय गरेको हो । सेमि फाइनलको यात्रासगैँ विभागिय टोली सबै घर फर्किएको छ । पहिलो हाफको इन्जुरी समयमा टिम कप्तान निराजन खड्काको पासमा नेपाली राष्ट्रिय टिमका स्ट्राइकर बिमल घर्ति मगरले गोल गरेका थिए । खेलको दास्रो हाफ पश्चात ९० मिनेटमा बिमलले गरेको क्रस गोल किपर बिट भएपछि नाइजेरियन खेलाडी अजय मार्टिनले गोल गर्दै थ्री स्टारलाई पुन एक गोलले अग्रता दिलाए । मध्यान्तर समय अगाडि निकै प्रतिस्पर्दा रहेतापनि सामान्य विवादका कारण खेल केहीबेर लम्बिएको थियो । सशस्त्र प्रहरीको एपिएफ क्लबका प्रशिक्षक गणेश लावतीले निर्णयकका कारण खेलाडीले उत्कृष्ट खेल प्रदर्शन गर्न नसकेको बताए । खेल सन्तुलित नभएका कारण क्वाटरमा झापा ११सगँ जस्तो खेल खेल्न नसकेका कारण थ्री स्टारसगँ हार हुनुमा खेलाडीको कमजोरी रहेको बताए । यस्तै थ्री स्टार क्लबका प्रशिक्षक मेघराज केसीले एपिएफको शक्तिशाली खेल भएपनि खेलाडीले फाइनलको मनोबल राखेर खेल खेलेकाले जीत हासिँल गर्न सफल भएको बताए । उनले विभागिय टिमको खेल उत्कृष्ट भएपनि खेलमा प्रेस मेन्सन गरेर खेलेकाले फाइनल खेल तय गर्नमा सफल भएको बताए । बिजेता थ्री स्टार क्लब वैशाख १७ गते मनाङ मस्र्याङ्दी कलबसगँ चौथो र्सस्करणको अन्तराष्ट्रिय आमन्त्रण माइभ्याली गोल्डकपको फाइनल खेल खेल्नेछ । प्रतियोगिताको म्यान अफ दि म्याच थ्री स्टार क्लबका खेलाडी बिमल घोषित हुदैँ नगद दश हजार रुपैँयासहित चादीँको मेडल हात पारे । प्रतियोगिताको बिजेता टिमले नगद छ लाख ६६ हजार छ सय ६६ र उपबिजेता टिमले नगद चार लाख रुपैँयासहित ट्रफि,मेडल र प्रमाणपत्र पाउनेछन् ।