विराटनगर । अन्तराष्ट्रिय त्रिभूवन विमानस्थलबाट भएको साढे ३३ किलो सुन तस्करी र मोरङ उर्लाबारीका सनम शाक्य हत्यामा बहालवालाडिएसपी प्रजित केसी समेत मुछिएपछि विराटनगर ल्याएर मुद्दा चलाएको छ । गृह मन्त्राललयको सहसचिब इश्वरचन्द्र पौडलेको नेतृत्वमा गठन भएको छानबिन समितिले डिएसपी केसीलाई पक्राउ गरी अनुसन्धान गर्ने क्रममा उनको पनि संलग्ना देखिएपछि आइतबार प्रहरीले मोरङ अदालतमा कर्तव्य ज्यान, अपहरण र संगठित अपराध मुद्दामा तीन दिनको म्यात थप गरिएको हो । अनुसन्धानको लागि केसीलाई शुक्रबार जिप्रका मोरङ ल्याएको थियो । डिएसपी केसीकै नेतृत्वमा अपराध महाशाखाबाट खटिएको प्रहरी टोलीले सनम शाक्यको शव मोरङमा बरामद गरेको थियो । सोही अनुसन्धानमा चलखेल भएपछि गृहले सहसचिवको नेतृत्वमा छानबिन समिति गठन गरेको थियो । हालसम्म प्रहरी अधिकारीसहित मोरङ प्रहरीको हिरासतमा पुग्ने २८ जना पुगेका छन् । जसमा ६ जना प्रहरी अधिकारी नै छन् । हिरासतमा रहने पूर्व डिआइजी गोविन्द निरौला, एसपी विकासराज खनाल, डिएसपी सञ्जय राउत, आइतबार म्यात थप भएको केसी, सई बालकृष्ण सञ्जेल र जवान विष्णु खड्का हिरासतमा छन् । ६ नै जना निलम्बित भइसकेका छन् । प्रहरीले अनुसन्धानका लागि एसएसपी श्याम खत्रीका चालक विष्णु खड्का पक्राउ परेका छन् । एसएसपी खत्री भने फरार छन् । सुन तस्करीको गिरोहलाई उनका चालकले समेत सहयोग गरेको प्रमाण भेटिए पनि उनलाई पक्राउ गरिएको हो । एसएसपी खत्री भने छानबिन समितिको सम्पर्कमै आएका छैनन् । नेपाल प्रहरीको हेडक्वार्टरमा कार्यरत उनी दुई सातादेखि कार्यालय समेत गएका छैनन्। उनलाई फरार प्रतिवादी बनाएर मुद्दा चलाउने तयारी भइरहेको बताइएको छ । सुन तस्करी र शाक्य हत्याको अनुसन्धान अन्तिम चरणमा पुगेको स्रोतले बताएको छ । संगठित अपराध मुद्दामा ६० दिनभित्र अनुसन्धान पूरा गरी अदालतमा मुद्दा दायर गरिसक्नुपर्ने हुन्छ । जसअनुसार यही बैसाख १९ गते मुद्दा दर्ता हुनुपर्छ । विमानस्थलबाट गत माघ ७ गते तस्करी भएको साढे ३३ किलो सुन हराएपछि तस्करीका नाइके चुडामणि उप्रेती नेतृत्वको समूहले शाक्यलाई करेन्ट लगाएर १८ फागुनमा मारेका थिए । मुख्य अभियुक्त गोरे भने फारर छन् ।