बेलबारी । मोरङको केराबारी गाउँपालिका वडा नं. ९ र बेलबारी नगरपालिका वडा नं. १ को सिमानामा करिब एक करोड बराबरको बाँध निर्माण कार्य शुरु भएको छ । केराबारी ९ को कुसुमे पुर्वमा रहेको लोहोन्द्रा खोलामा निर्माण हुँदै गरेको बाँध बेलबारी नगरपालिका वडा नं. १ र केराबारी गाउँपालिका वडा नं. ९ को सिमानामा पर्छ । बाँध निर्माणबाट केराबारी ९ को कुसुमे केहि भुभाग, बेलबारी १ को गाईघाट टापु र २ लालभित्तीको ठूलो बस्ती प्रत्यक्षरुपमा लाभान्वित हुने भएको छ । गत श्रावण महिनामा आएको बाढीले कुसुमेका सुकुम्वासी वस्तीमा कटान गरि ९ घर बगाएपछि सोही क्षेत्रमा वाँध निर्माण गर्न लागिएको हो । गतसाल पनि बाढीबाट बेलबारी २ लालभित्तीको माथिल्लो बस्ती दुलालटोल पुरै जोखिममा परेको थियो । सोही कटान क्षेत्रमा तटवन्धका लागि केराबारी ९ कुसुमे र बेलबारी २ लालभित्तीका वासिन्दाहरुले एक भेला गरि स्थानीय रामबहादुर मगरको अध्यक्षतामा तटवन्ध समिति गठन गरि वाँध निर्माण कार्य शुरु गरेको छ । करिब तीनसय ४० मीटर लम्वाईको वाँध निर्माण हुन लागेको हो । बाँध निर्माणका लागि जिल्ला भु संरक्षण मोरङले स्टीमेट तयार पारिदिएको छ । स्टीमेट अनुशार एक करोड रकम निर्माण कार्यमा लाग्ने भएको छ । समितिले खोलाको बीच भागको करिब ६० मीटर च्यानलाईज गरेर त्यहाँ बढी भएको वालुवा गिटीको वाँध बनाएको छ । सोही वाँधमा ढुंगा र तारजाली लगाउन शनिवार देखि शुरु गरेको छ । देवीझोडा सामुदायिक वनका अध्यक्ष हरिकुमार विष्ट र रमिते सामुदायिक वन समुहका अध्यक्ष प्रेम राईले तटवन्धको संयुक्तरुपमा उद्घाटन गरेका छन् । तटवन्ध गर्नुअघि समितिले केराबारी ९ र बेलबारी १का बासिन्दाहरुको प्रतिनिधिमुलक छलफल गराई सिमा विवादको अन्त्य गरेको छ । दुवैपक्षको सहमतिमा खोलाको बीचको उच्च भागलाई विस्थापन पनि गरि बाँध निर्माण कार्य थालनी भएको छ ।
केराबारी ९ को कुसुमे क्षेत्रमा तटवन्धको क्षेत्रमा सामुदायिक वनको ठूलो सहयोग रहँदै आएको छ । देवीझोडा सामुदायिक वनले यसपटकको तटवन्धका लागि २० लाख रुपैया विनियोजित गरेको छ । उक्त रकम मध्य ६ लाख रुपैया प्रदान गरिसकेको छ । त्यसैगरी बेलबारी २ स्थित रमिते सामुदायिक वनले १० लाख विनियोजित गरेको छ । त्यसैगरी केराबारी गाउँपालिकाले ९ लाख पचास हजार रकम विनियोजित गरेको छ । केराबारी गाउँपालिकाले सिंगैं वडा नं. ९ का लागि २० लाख र वडाको बजेटमा २० गरि जम्मा ४० लाख विनियोजित गरेको थियो । विनियोजित रकम मध्य कुसुमे पुर्वको वाँधलाई ९ लाख पचास हजार छुट्याएको हो । त्यसैगरी राष्ट्रपति तराई मधेश चुरेसंरक्षण कार्यालयले ८ लाख ८५ हजार रकम उपलब्ध गराउने भएको छ । तटवन्धकै लागि समितिले देउशी मार्फत ३ लाख संकलन गरेको छ । प्रवासमा रहने देवीझोडा कुसुमे सरोकार समाजले १ लाख ६८ हजार रकम सहयोग गरेको छ । त्यसैगरी तटवन्ध कार्यकै क्रममा बेलबारीका समाजसेवी प्रताप थापाले ३० हजार सहयोग गरेको छ । बेलबारी नगरपालिकाले सहयोग गरेन हाल निर्माणधिन बाँध भुगोलको हिसावले केराबारी ९ को भुभागमा अलिक बढी भएपनि पर्छ । तर बाढीको प्रत्यक्ष प्रभाव बेलबारी २ रहदै आएको छ । यी सबै बस्तुस्थितिको जानकार हुँदाहुँदै पनि बाँध निर्माणलाई बेलबारी नगरपालिकाले भने वाँध निर्माण कार्यमा रकम विनियोजित गरेन । नगरपालिकाले सिंगो नगरक्षेत्रका तटवन्ध भनेर एक मुष्ठ रकम एक करोड विनियोजित त ग¥यो । तर वडापालिकाले प्राप्त गरेको रकम बाँध निर्माणका निम्ति उपलब्ध भएको छैन । विनियोजित एक करोड रकम प्रभावको मुल्याङ्कन हेरेर भाग लगाएको छ । जस अनुशार वडा नं. १ लाई २० लाख, २ नम्वर वडालाई १५ लाख विनियोजित गरिएको छ । विनियोजित रकम हाल निर्माणधिन वाँधका लागि विनियोजित नभएको समितिका सचिव गोपाल न्यौपानेले बताए । बेलबारी २ मा छुट्टिएको बजेट लालभित्ती खेल मैदान देखि पुर्वको तटवन्धमा लगानी गर्ने २ नम्वर वडाका वडाध्यक्ष घनश्याम गौतमले बताए । त्यसैगरी १ नम्वर वडाको बजेटको सन्दर्भमा बाढीको प्रभाव क्षेत्र ठूलो भएको कारण सबै स्पोटहरु निधो भई नसकेको वडाध्यक्ष चक्र खुलालले बताए । केराबारी ९ मा तटवन्ध कार्यजारी त्यसैगरी भलुवा,तुर्के र लोहोन्द्रा बाढीको प्रत्यक्ष प्रभावित रहेको केराबारी ९ को विभिन्न स्थानहरुमा तटवन्ध कार्य शुरु भएको छ । केराबारी ९ को देवीझोडा, खयरघारी, भलुवा, विराजे, बेलचौरी र रानाडाँडामा तटवन्ध कार्य शुरु भएको हो । केराबारी गाउँपालिका र वडाको बजेट मार्फत तटवन्ध कार्य गरिएको हो । देवीझोडाको सिरानमा सिंहदेवी सामुदायिक वनले ३० लाख लगानी गरि तटवन्ध कार्य गर्ने भएको छ ।