धनकुटा । धनकुटाको चौविसे गाउँपालिका वडा नं.६ का वर्ष १४ का एक बालकको आईतवार अपरान्ह १.३० वजे पौडी खेल्ने क्रममातमोर नदीमा डुवेर वेपत्ताभएका छन् । उनीसंगै पौडी खेल्न स्थानिय सोम राई, सुरेश राई र सौगात राईसंग पौडि खेल्न गएकावर्ष १४ का रामकुमार राई भने पौडी खेल्ने क्रममानदीले वगाएर वेपत्ताभएको स्थानिय काष्ठ व्यावसायीबीर वहादुर राईलाई उदृत गर्दै प्रहरीले वताएको छ । घट्ना साँगुरी गढीगाउँपालिका वडा नं.३ कुसेटारमाभएको हो । घट्ना लगत्तै जनपथप्रहरी र शसस्त्र वल मुलघाटवाट खोजतलासको लागीप्रयास जारी रहे पनि साँझसम्म वेपत्तावालक रामकुमार राई फेलानपरेको प्रहरीले जनाएको छ । घट्ना स्थल मुलघाट प्रहरी चौकी देखी ९ किलो मिटर उत्तरमा रहेको छ ।