धनकुटा । धनकुटाको चौविसे गाउँपालिका वडा नं.६ का वर्ष १४ का एक बालकको आईतवार अपरान्ह १.३० वजे पौडी खेल्ने क्रममा तमोर नदीमा डुवेर वेपत्ता भएका छन् । उनीसंगै पौडी खेल्न स्थानिय सोम राई, सुरेश राई र सौगात राईसंग पौडि खेल्न गएका वर्ष १४ का राम कुमार राई भने पौडी खेल्ने क्रममा नदीले वगाएर वेपत्ता भएको स्थानिय काष्ठ व्यावसायी बीर वहादुर राईलाई उदृत गर्दै प्रहरीले वताएको छ । घट्ना साँगुरी गढीगाउँपालिका वडा नं.३ कुसेटारमा भएको हो । घट्ना लगत्तै जनपथ प्रहरी र शसस्त्र वल मुलघाटवाट खोजतलासको लागी प्रयास जारी रहे पनि साँझसम्म वेपत्ता वालक रामकुमार राई फेला नपरेको प्रहरीले जनाएको छ । घट्ना स्थल मुलघाट प्रहरी चौकी देखी ९ किलो मिटर उत्तरमा रहेको छ ।