विराटनगर/विराटनगर – २ मा रहेको बूढानिलकण्ठ अ.मा.वि. मा विविध कार्यक्रम गरी २५६२ औं बुद्ध जयन्ती मनाएको छ । स्कूल परिसरमा आइतबार एक कार्यक्रमको बिच बुद्ध जयन्ती मनाएको हो ।
कार्यक्रमको कक्षा नर्सरी देखी कक्षा तीनसम्मका विद्यार्थीहरुले भिक्षु बनेर मञ्चको रौनक बढाएका थिए । कक्षा एकका सयल अधिकारी र कक्षा दुईका विवेस चौधरी कार्यक्रमको शुरु देखि अन्त्य सम्म नै गौतम बुद्धकाे भेषमा मञ्चको अग्रभागमा रहेको बोटको छेउमा बसेर ध्यान गर्दा रोचक देखियो । विद्यार्थीहरुले नाट्य, शान्ति गीत गायन तथा नृत्य समेत प्रस्तुत गरी मनोरञ्जन प्रदान गरे ।
कार्यक्रममा विद्यार्थीहरुले गौतम बुद्धमा समर्पित नेपाली भाषामा एक नाटक प्रस्तुत गरेका थिए । उक्त नाटकमा गौतम बुद्घले दिएका सन्देशहरु जस्तै सधै सत्य बोल्ने, जीवजन्तुको हत्या नगर्ने, मिलेर बस्ने आदि कुराको सन्देश दिएको थियो । उक्त नाटकमा कक्षा पाँच देखी दस सम्मका विद्यार्थीहरु कलाकारका रुपमा सहभागी भए ।