शनिश्चरे/मोरङको पथरीशनिश्चरे नगरपालिकाले हिउँदे अधिवेशनका रुपमा सोमबार दोस्रो नगरसभा सम्पन्न गरेको छ ।
नगर प्रमुख दिलीपकुमार राईको अध्यक्षतामा सम्पन्न नगरसभाले सडक, पुल, तटवन्ध, पर्यटन, खानेपानी, कृषि, सिंचाई सहितका १ दर्जन बढी योजनाहरु प्रदेश र संघीय सरकारमा पेश गर्ने निर्णय भएको प्रवक्ता यामप्रसाद गुरागाईंले जनाए ।
पथरी शनिश्चरे नगरबाट अर्काे पालिकासँग जोडिने प्रकारका भौतिक विकासका योजनाहरु प्रदेश र संघीय सरकारमा पठाइएको उनले उल्लेख गरे । माथिल्ला निकायमा पठाएका योजना र नगरसभाले गरेका अन्य निर्णय सम्वन्धी सम्पूर्ण जानकारी मंगलवार विहान पत्रकार सम्मेलनमार्फत सार्वजनिक गरिने उनले वताए ।
सभामा नगर प्रमुख राई, उपप्रमुख यमुना विष्ट वास्तोलाका साथै विभिन्न विषयगत शाखा र विषयगत कर्मचारीहरुले नगरपालिकामा भएका योजना, गतिविधि र तिनीहरुको अवस्थाका बारेमा जानकारी गराएका थिए ।