पानवारी / मोटरसाइकल मेकानिक व्यवसायी संघ धरानले आफ्नो संस्थामा आवद्ध भएका स्व. शनि साह र नविन राईको परिवारलाई सहयोग गरेको छ ।
[caption id="attachment_81354" align="aligncenter" width="4096"] शनि साहको आमा अनिता साहलाई सहयोग रकम हस्तान्तर गर्दै ।[/caption]सोमबार संघले धरान–१९ स्थित हरियाली सामुदायिक वन परिसरमा एक कार्यक्रमको आयोजना गरी सहयोग रकम हस्तान्तरण गरिएको थियो । पसिषा मोटरसाइलक वर्कसपमा काम गर्ने मोटरसाइलक मेकानिक शनि साह तथा मोटसाइकल मेकानिक नविन राईको दुर्घटनामा परी मृत्यु भएको पछि उनीहरुको परिवारको आर्थिक स्थिति कमजोर भएको भन्दै संघले आर्थिक सहयोग गरेको हो । स्व. साहकी आमा सुनिता साहलाई सोमबार हरीयाली सामुदायिक वन भित्र भएको कार्यक्रममा नगद रु ८ हजार ८ सय ८८ रुपैया सहयोग गरीएको थियो । त्यस्तै स्व. नविन राईको छोरी एन्जला राईको नाममा सयपत्री बचत तथा ऋण सहकारी संस्थामा २० हजार नगद जम्मा गरी वार्षिक रुपमा ब्याज रकम समेत आउने व्यवस्था मिलाइएको संघका सचिव मनोज राईले बताए ।
हरियाली सामुदायिक वनमा धरानका मोटरसाइकल मेकानिकहरुको संस्थाले बनभोज तथा अन्तरक्रिया कार्यक्रमको आयोजना गरेको थियो । कार्यक्रममा प्रमुख अतिथि अधिवत्ता तथा संघका कानुनी सल्लाहकार समेत रहेका अबइन्द्र निरौलाले श्रम गर्ने मान्छे सधै सम्मानीत हुने भन्दै श्रमिकहरुको पक्षमा आफुले जहिले पनि वकालत गर्दै आएको बताएका थिए । संघका अध्यक्ष घनेन्द्रराज लावतीले सबैको सहयोगले हाम्रो संस्थाले आजको दिनसम्म आइपुगेको भन्दै आगामी दिनमा समेत सहयोगको अपेक्षा रहेको बताएका थिए ।