शनिश्चरे ।मोरङको पथरीशनिश्चरे २ स्थित चौतारी सामाजिक उद्यमी महिला सहकारी संस्थाको भवनको शिलान्यास भएको छ ।

नगर उपप्रमुख यमुना विष्ट वास्तोला र वडाध्यक्ष यामप्रसाद गुरागाईंले भवनको शिलान्यास गरेका हुन् ।

नगरपालिकाको महिला लक्षित कार्यक्रम अन्तर्गतको १ लाख ४० हजारमा थप गरी सहकारीको र अन्य स्रोत जुटाएर ४ कोठे भवन पुरा गरिने संस्थाकी सचिव भला रेग्मीले जनाइन् । सहकारीले वोक्रेचोक दक्षिण २ लाख ५८ हजार ५ सय रुपैयाँमा १० धुर जग्गा खरिद गरेर त्यहाँ भवन वनाउने क्रम अघि बढाएको हो ।