भद्रपुर । दुध चिस्यान केन्द्रमा करेन्ट लागेर झापाको भद्रपुरमा एक जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा भद्रपुर नगरपालिका १ का५५ बर्षीय बालकुमार तामाङ्गको रहेको जिल्ला प्रहरी कार्यालय झापाका इन्सपेम्क्टर देवीप्रसाद पौडेलले जानकारी दिए ।

भद्रपुर १ स्थित हिमाली चोकमा रहेको किचकबध कृषि सहकारी संस्थाद्धारा सञ्चालित चिस्यान केन्द्रमा सोमबार बेलुका दुध लिएर गएका उनले चिलिङ्ग भ्याट मेशिनमा दुध राख्ने क्रममा करेण्ट लागेको प्रत्यक्षदर्शीले प्रहरीलाई जनाएको छ । करेण्ट लागेर गम्भिर घाइते भएका उनलाई उपचारका लागि भद्रपुर लैजाने क्रममा बाटैमा मृत्यु भएको इन्स्पेक्टर पौडेलले बताए । तामाङ्ग किचकबध कृषि सहकारी संस्थाका सञ्चालक तथा हिमाली विद्यालय व्यवस्थापन समितिका अध्यक्ष समेत हुन् ।