धरान/धरान सरकारका प्रमुख तारा सुब्बाले अन्तराष्ट्रिय श्रमिक दिवसको अवसरमा शुभकामना सन्देश जारी गरेका छन् ।
अन्तराष्ट्रिय श्रमिक दिवस मे १ तारिख अर्थात् मजदुर दिवसका अवसरमा नगर निर्माणमा सहभागी सम्पूर्ण श्रमजीवि, पेशाकर्मी श्रमिकवर्गमा सम्मान व्यक्त गर्न चाहान्छु प्रमुख सुब्बाद्धारी जारी सन्देशमा भनिएको छ ।
समाज, देश, संस्था र उद्योगको समृद्धि र विकासका लागि मजदुर, कामदार र मिहिनेती पेशाकर्मीको महत्वपूर्ण रहेको भन्दै उनले समृद्ध मुलुक निर्माणमा श्रमिकको योगदानको प्रशंसा गर्दै धरान सरकार विश्वमा अन्तराष्ट्रिय श्रमिक आन्दोलनको उत्सवको रूपमा मनाइने पर्व अन्तराष्ट्रिय श्रमिक दिवसका अवसरमा शुभकामना व्यक्त गरेका छन् ।