इलाम । चौथो संस्करणको अन्तराष्ट्रिय आमन्त्रण टुवोर्ग माइभ्याली गोल्डकपको उपाीध रुस्लान थ्रीस्टार क्लब ललितपुरले हात पारेको छ । मनाङ मस्र्याङ्दी क्लब बाठमाडौँलाई १—० गोल अन्तर गर्दै थ्रीस्टारले उपाधि जीत हासिँल गरेको हो । खेलको निर्धारित समयमा दुबै टीमबाट गोल नभएपछि थपिएको समयको पहिलो हाफको चार मिनेटमा थ्रीस्टारका तर्फबाट नेपाली राष्ट्रिय टिमका स्ट्राइकर बिमल घर्ती मगरको पासमा सुनिल बलले गोल गर्दै उपाधि चुम्न सफल भए । थ्री स्टारले सेमिफाइनलमा सशस्त्र प्रहरीको एपिएफलाई २—० गोल अन्तरले हराउदै फाइनल प्रवेश गरेको थियो भने मनाङ मस्र्याङ्दी क्लबले विभागिय टिम त्रिभुवन आर्मीलाई १—० गोल अन्तरले हराउँदै फाइनल खेल तय गरेको थियो ।

प्रतियोगिताको म्यान अफ दि म्याच मनाङ मस्र्याङ्दी क्लबका हेमन गुरुङ्ग घोषित हुदैँ नगद दश हजार रुपैँया सहित चादीँको मेडल प्राप्त गरे । चौथो सस्ँकरणको माइभ्याली गोल्डकपको उत्कृष्ट गोलरक्षक थ्रीस्टार क्लब ललितपुरका एलेन न्यौपाने घोषित हुदैँ नगद पन्ध्र हजार रुपैँया प्राप्त गरे । यस्तै प्रतियोगिताको उत्कृष्ट डिफेन्डर थ्रीस्टार क्लबकै नाइजेरियन खेलाडी पिटर घोषित भए । त्यस्तै वेष्ट फरवार्ड थ्रीस्टारका नाइजेरियन खेलाडी मार्टिन,प्रतियोगिताको उत्कृष्ट प्रशिक्षकको पुरस्कार थ्रीस्टार क्लबका मेघराज केसीले पँध्र हजार रुपैँया प्राप्त गरे । यस्तै प्रतियागिताका सर्वाधिक गोलकर्ताहरुमा रेजिन सुब्बा,युवराज खड्का,नविन लामा र मनिस थापा घोषित हुदैँ नगद २५ हजार रुपैँया प्राप्त गरे । यस्तै प्रतियोगिताकै उदियमान खेलाडीको पुरस्कार आयोजक माइभ्याली क्लबका दर्शन गुरुङ्गले नगद ३५ हजार रुपैँया प्राप्त गर े। माइभ्याली फुटबल ब्लबका सदस्य महेश कार्कीको स्मृतिमा २०७३ साल देखी प्रधान गरिदैँ आएको पत्रकारिता पुरस्कारबाट नागरिक दैनिकका इलाम सवांददाता भिम चापागाँइ पुरस्कृत हुदैँ नगद दश हजार रुपैँया प्राप्त गरे । माइभ्याली गोल्डकपको सर्वोत्कृष्ट खेलाडी नेपाली राष्ट्रिय टोलीका टिम कप्तान तथा मनाङ मस्र्याङ्दी क्लब काठमाडौँका टिम कप्तान विराज महर्जनले यमाहाको स्कुटी प्राप्त गरे । माइभ्याली गोल्डकपको उपविजेता टिम मनाङ मस्र्याङ्दी क्लब काठमाडौँका टिम प्रशिक्षक फुजा टोपे लगायत खेलाडीहरुलाईलाई प्रतियोगिताका विशेष प्रायोजक तथा समापन कार्यक्रमका विशेष अथिति सूर्योदय नगरपालिकाका तारा रोजु सापकोटाले नगद रु तीन लाखको चेकसहित ट्रफि,मेडल र प्रमाणपत्र हस्तान्तरण गरेका छन् । यस्तै चौथो सस्ंकरणको माइभ्याली फुटबल क्लबको उपाधि जित्न सफल थ्रीस्टार क्लब ललितपुरका टिम प्रशिक्षक मेघराज केसीसहित खेलाडीहरुलाई समापन कार्यक्रमका प्रमुख अथिति एमाले वरिष्ठ नेता,पूर्वसभामुख तथा प्रतिनिधिसभाका सदस्य सुवासचन्द्र नेम्बाङले ट्रफि,मेडल वितरण गरेका थिए । चौथो सस्ंकरणदेखि इलाम नगरपालिकाले प्रायोजन गरेको माइभ्याली फुटबल प्रतियोगिताको प्रथम पुरस्कार मेयर्स प्राइसको पाचँ लाख रुपैँयाको चेक इलाम नगरपालिकाका मेयर महेश बस्नेतले हस्तानतरण गरेसगैँ चौथो सस्ंकरणको माइभ्याली गोल्डकपको फाइनल खेल समापन भएको हो ।