पाँचथर/पाँचथरको कुम्मायक गाउँपालिका यासोकमा प्याराफिट सहितको खेलमैदान निर्माण भएको छ । गाउँपालिकाको १७ लाखको रकमबाट निर्माण भएको खेलमैदान जिल्लाकै नमुना खेलमैदान भएको गाउँपालिकाले जनाएको छ ।

कुम्मायक गाउँपालिकाको ऐतिहासीक धार्मिक स्थल कुम्मायक कुसायकमा प्रतेक तीन बर्षमा लाग्ने त्रिशाली पुजा एवम् मेलालाई लक्षित गर्दै निर्माण गरिएको खेलमैदानमा, अन्तराष्ट्रिय कुम्मायक कुसायक गोल्डकपका खेल सम्मयोजक सिव लावतीले बताए । जिल्लामा अहिले सम्म पनि प्याराफिट सहितको खेलमैदान नभएकाले कुम्मायक गाउँपालिकामा यो नँया प्रबिधिको रुपमा प्रयोग भएको लावतीले बताए । स्थानिय पृथ्वी माबि खेलमैदानको रुपमा प्रयोग हुदै आएको खेलमैदानमा बिगत लामो समय देखी खेलकुदका कार्यक्रमहरु आयोजना गर्न समस्या हुदै आएको थियो । भिरालो जमिन र स्थानियको अतिक्रमणका कारण खेलमैदान कुरुप बनेको थियो ।

पछिल्लो समयमा स्थानिय र खेलाडीहरुले खेलमैदानलाई ब्याबस्थीत गर्न आवाज उठाउँदै आएको समयमा गाउँपालिकाको गाउँसभाबाट बिन्योजीत रकमबाट खेलमैदान निर्माण भएको हो । अतिक्रमणको घेरामा परेको खेलमैदानलाई व्यबस्थापिका गरी प्याराफिट सहित नाईन् साइजको खेलमैदान निर्माण गरिएको गाउँपालिकाका अध्यक्ष जयबहादुर चेम्जोङले बताए ।

खेलमैदानको निर्माण पछि खेलाडी र खेलप्रेमीहरुलाई सहज हुने चेम्जोङको भनाई छ ।