झापा/ इलामको रोङ गाउँपालिका–१ कटहरेकी एक वृद्धामाथि मरणासन्न हुनेगरी कुटपिट गरिएको छ ।  उनका अनुसार पीडक युवाले ती वृद्धाको जिब्रोसमेत थुतिदिएका छन् । आइतबार राति करीब ११ बजे उनलाई आफ्नै घरमा केही युवाले दुव्र्यवहार गरी मरणासन्न हुनेगरी कुटपिट गरेको जिल्ला प्रहरी कार्यालय इलामका प्रहरी उपरीक्षक गणेश बस्नेतले जानकारी दिए । 

“बलात्कार भएको हो भन्ने कुरा पनि आइरहेको छ,” उनले भने – “हामी अनुसन्धानमा छौँ । बलात्कार हो वा होइन भन्ने अस्पतालको रिपोर्ट आएपछि मात्र थाहा हुन्छ ।”

पीडित वृद्धाको झापाको बिर्तामोडस्थित बिर्ता सिटी अस्पतालमा उपचार भइरहेको छ । उनको शल्यक्रिया गरी चुँडिन लागेको जिब्रो जोडिएको प्रहरीले जनाएको छ ।

यता, घटनामा संलग्न भएको आरोपमा प्रहरीले रोङ गाउँपालिका–४ का २३ वर्षीय सुदीप गुरुङलाई पक्राउ गरेको छ । उनकी छोरी शान्ति राईले घटना एकदमै दुःखदायी भएको भन्दै न्यायका लागि अपिल गरेकी छिन। अपरिचित व्यक्तिले वृद्धा आमालाई घरमै बलात्कार गरेको उनको आरोप छ ।

“घटनामा संलग्नको खोजी भइरहेको बताउँदै उनले भने“एकजना पक्राउ गरेका छन् । घटनाबारे अनुसन्धान भइरहेको छ । दोषीलाई छाड्दैनौँ ।” रासस