मोरङ/प्रधानमन्त्री केपी शर्मा ओलीले गृहनगर झापाको दमक नगरपालिका क्षेत्रमा बुधवार ४ वटा कार्यक्रममा आफ्नो सहभागिता जनाउने भएका छन् ।
विहान ९ वजे नगरपालिका कार्यालयमा, १० वजे खानेपानी कार्यालय, ११ वजे पुरानो वजारको नमूना मार्ग र १ बजे दमक गोल्डकपमा सहभागि हुने कार्यक्रम रहेको छ । मंगलवार झापा आइपुगेका प्रधानमन्त्री ओलीले सो दिन पूर्वी झापाका आधा दर्जन कार्यक्रममा सहभागिता जनाएका थिए ।
यसमध्ये प्रथम ‘दमक गोल्डकप’ फुटबल प्रतियोगिता अझ बढी महत्वको मानिएको छ । विजेताका लागि १३ लाख ५१ हजार पुरस्कार रकम प्रदान हुने मोफसलको सर्वाधिक राशीको प्रतियोगिताको सम्पूर्ण तयारी पुरा भएको नगरपालिका अन्तर्गतको नगर खेलकुद विकास समितिका अध्यक्ष केन्द्रबहादुर प्रसाईले वताए । उपविजेता टिमले ६ लाख रुपैयाँ पाउने प्रसाइले जनाए । दमकलाई खेलकुदको शहरका रुपमा चिनाउने उद्देश्यले गोल्डकपको आयोजना गरिएको उनले उल्लेख गरे ।
रमपम चाउचाउको मुख्य प्रायोजनमा दमक बहुमुखी क्याम्पसको खेल मैदानमा हुने प्रतियोगिताको उद्घाटन् खेल रमपम झापा ११ र मदन भण्डारी स्पोर्टस एकाडमीवीच हुनेछ ।
भूटान ११ र भारतको कोलकत्तास्थित महोमदन स्पोर्टिङ क्लबको पाहुन टिमका साथै ए डिभिजनका ७ र आयोजक गरी १० टिमको सहभागिता रहने छ । रमपम झापा ११, मनाङ मस्र्याङदी क्लब, रुस्लान थ्रीस्टार क्लब तथा विभागीय टिमहरू त्रिभुवन आर्मी क्लब, नेपाल पुलिस क्लब र सशस्त्र प्रहरीको एपीएफ र सरस्वती क्लबबीच प्रतिष्पर्धा हुने गोल्डकप आयोजक मूल समिति संयोजक भीमराज चम्लागाईले जनाए ।
गोल्डकपका लागि ९३ लाख खर्चको अनुमान गरिएको छ । गोल्डकपबाट १ करोड ३६ लाख रुपैयाँ संकलन गरेर ४२ लाख ५० हजार रुपैयाँ बचत गर्ने आयोजकको लक्ष्य छ । सो मध्ये नगरपालिकाले २० लाख र बाँकी रकम प्रायोजक, सहयोगी तथा प्रवेश शुल्कबाट उठाइने लक्ष्य छ । ५ हजार दर्शक अटाउने प्याराफिट निर्माण भएको छ । प्रवेशका लागि १ सय देखि ३ सयसम्मका टिकट राखिने छन् । गोल्डकपले खेलको प्रवद्र्धनका साथै दमक नगरपालिकाको विकास तथा पर्यटन् प्रवद्र्धनमा थप टेवा पुग्ने नगर प्रमुख रोमनाथ ओलीको ठहर छ ।
प्रतियोगिताको दोश्रो दिन आयोजक दमक र करेन्ट रुपन्देही ,तेश्रो दिन शसस्त्र प्रहरीको विभागिय टिमले पहिलो दिनको विजेता टिमसँग प्रतिष्पर्धा गर्नेछ । त्यस्तै खेलको चौथो दिन त्रिभुवन आर्मीले दोश्रो दिनको विजेता टिमको सामना गर्नेछ । पाचांै दिनमा नेपाल पुलिस र थ्रीस्टार क्लव, छैठौ दिन सरस्वती यूथ क्लव र मनाङ मर्र्याङस्दीबीच पहिलो चरणका खेलहरु हुने खेल टिम व्यवस्थापन संयोजक प्रेम पाण्डेले वताए ।
यसअघि झापामा चार वटा गोल्डकप सम्पन्न भइसकेका छन् । असोजमा प्रथम दूधे गोल्डकप, कार्तिक–मंसिरमा दोस्रो सताक्षी गोल्डकप, मंसिरमै तेस्रो काँकडभिट्टा गोल्डकप र फागुनमा तेस्रो झापा गोल्डकप सम्पन्न भइसकेका छन् । जसमध्ये दूधे बाहेक सवै गोल्डकपको उपाधि त्रिभुवन आर्मी क्लबले जितेर आफ्नो कुशलताको दर्विलो श्रृंखला प्रस्तुत गरिसकेको छ ।